• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ७. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

चितवन महोत्सव आज एकैदिन ५५ हजार बढीले अवलोकन

  •   शनिबार, पुष ३०, २०७९ मा प्रकाशित

पुस ३० ,चितवन । चौधौँ संस्करणको चितवन महोत्सव आज एकैदिन ५५ हजार बढीले अवलोकन गरेका छन् । चितवन महोत्सव टिकट व्यवस्थापन समिति संयोजक राजन पियाकाअनुसार आजमात्रै ५५ हजार बढीले चितवन महोत्सव अवलोकन गरेका हुन् । आज शनिबार परेको कारण धेरै दर्शकहरु महोत्सवमा उपस्थित भएका पियाको भनाइ छ । सार्वजनिक बिदाको दिन भएकाले आज बिहानैदेखि साँझसम्म महोत्सवस्थलमा दर्शकहरुको अत्यधिक भिड देखिएको पियाले बताए । महोत्सव अवलोकनका लागि दर्शकहरुको उपस्थिति धेरै भएपछि आज टिकट काट्ने स्थान थप गरिएको उल्लेख गर्दै संयोजक पियाले महोत्सव भित्र प्रवेश गर्ने थप गेट समेत खुला गरिएको जानकारी दिए ।

भोलि माघे सङ्क्रान्ति परेकाले दर्शकको चाप अझै बढ्ने भन्दै पियाले सोहीअनुसारको व्यवस्थापन गरिएको बताए । मानिसको भिड धेरै भएर टिकट काट्न लाइन बस्नुपर्ने अवस्था रहेको भन्दै पियाले चितवन महोत्सवको टिकट अनलाइनबाट काट्न सकिने पनि जानकारी दिए । महोत्सवको टिकट अनलाइन काटेका व्यक्तिहरु उद्योग वाणिज्य संघसँगै रहेको २ नम्बर गेटबाट सहजरुपमा महोत्सव स्थल प्रवेश गर्न सक्ने पियाले बताए ।

यस बीच, चितवन महोत्सवको आयोजक संस्था उद्योग वाणिज्य संघ चितवनले ज्येष्ठ नागरिक, एकल महिला तथा अपाङ्गता भएका व्यक्तिहरुलाई निःशुल्करुपमा महोत्सव प्रवेशको व्यवस्था गरेको छ । छैठौँ दिनसम्म आइपुग्दा करिब ३० हजारले निःशुल्करुपमा महोत्सव अवलोकन गरेका टिकट व्यवस्थापन समिति संयोजक पियाले जानकारी दिए । सामाजिक उत्तरदायित्व बहन गर्दै लक्षित वर्गलाई गेटबाट सहजरुपमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको पियाले बताए ।

महोत्सव प्रचारप्रसारका लागि साइकल ¥याली
नारायणगढको नारायणी नदी किनारमा पुस २५ देखि जारी चितवन महोत्सवको प्रचारप्रसार एवं प्रवद्र्धनका लागि साइकल ¥याली गरिएको छ । आज बिहान महोत्सवस्थल उद्योग वाणिज्य संघ चितवनबाट सुरु भएको ¥याली बजारका विभिन्न भाग परिक्रमा गर्दै मेघौलीसम्म पुगेको उद्योग वाणिज्य संघ चितवनका कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी दिए । केसीकाअनुसार ¥यालीमा विभिन्न सामाजिक संघसंस्था, उद्योग वाणिज्य संघ चितवनका सदस्यहरुको सहभागिता रहेको थियो ।

सो ¥यालीमा सहभागी भएकाहरु भरतपुर–१६ मा निर्माण भएको क्रुजसिपमा समेत पुगेका थिए । चितवनको पर्यटन प्रवद्र्धनमा क्रुज सिप सञ्चालन भएपछि महत्वपूर्ण टेवा पुग्ने भन्दै क्रुजसिपको अवलोकन तथा क्रुजसिपको यात्रा भएको केसीले जानकारी दिए । यसैबीच, बागमती प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले महोत्सवको अवलोकन गरेका छन् । महोत्सव अवलोकन गर्दै थपलियाले यस चितवन महोत्सवले जिल्लाको समग्र आर्थिक व्यवस्था चलायमान गराउन महत्वपूर्ण भूमिका खेल्ने बताएका केसीको भनाइ छ ।

महोत्सव प्रवद्र्धन समिति संयोजक राजेन्द्र ओलीले महोत्सव अन्तर्गत माघ २ गते साहित्यिक गोष्ठी तथा माघ ३ गते कृषि सम्बन्धि गोष्ठी हुने जानकारी दिए । विसं २०५३ देखि हरेक दुई वर्षमा हुँदै आएको महोत्सवमा यसपटक मौरी र तोरी खेतीको प्रवद्र्धन गर्नेगरी तोरीबारीमा मौरीको मस्कट राखिएको छ । महोत्सवमा कृषि, अटो, मेड इन नेपाल, इलेक्ट्रोनिक र आईटीसहित विभिन्न सात वटा छुट्टाछुट्टै डोम राखिएको ओलीले बताए ।

महोत्सवमा औद्योगिक उत्पादनसँगै बाल उद्यान र रमणीय पार्कमा विभिन्न जंगली जनावरहरुसमेत राखिएको उनले बताए । माघ ४ गतेसम्म सञ्चालन हुने चितवन महोत्सवमा ४५० वटा स्टल रहेकामा सबै स्टलको बीमा गरिएको ओलीको भनाइ छ । महोत्सवको आन्तरिक सुरक्षा व्यवस्था निजी क्षेत्रलाई जिम्मा दिइएको छ भने बाह्य सुरक्षाका लागि स्थानीय प्रशासनसँग सहकार्य गरिएको छ । महोत्सव स्थलको चौबीसै घण्टा सिसिटिभी क्यामेराबाट निगरानी भइरहेको ओलीको भनाइ छ ।

महोत्सव अवलोकनका लागि सर्वसाधारणलाई ६० तथा विद्यार्थीलाई ३० रुपैयाँको टिकट व्यवस्था गरिएको ओलीले बताए । दश दिनसम्म सञ्चालन हुने महोत्सवमा पाँच लाख दर्शकले अवलोकन गर्ने तथा २५ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने आयोजकले अपेक्षा गरेको छ । महोत्सवको सांस्कृतिक कार्यक्रम अन्तर्गत शनिबार लोक तथा दोहोरी गायक प्रजापति पराजुली, जादुगर बलराम सरकार, गायक भुवन प्यासी, हास्य कलाकार एवं जादुगर दीपक थापा मगर लगायतको प्रस्तुती रहेको थियो ।

त्यसैगरी, दोहोरी गीत प्रतियोगिता एवं नारायणी कला मन्दिर, नेवाः पुच, नेपाल दराई उत्थान समाज, तमु विद्यार्थी छोँज धिँ, दासढुङ्गा युवा क्लब, थारु कल्याणकारिणी सभालगायतका संघसंस्थाहरुले विभिन्न प्रस्तुतीहरु राखेका थिए । सांस्कृतिक कार्यक्रम अन्तर्गत आइतबार लोक तथा दोहोरी गीतको फाइनल हुने महोत्सवको सांसकृतिक कार्यक्रम संयोजक नारायण प्रधानले जानकारी दिए । आइतबार नै हास्य कलाकारहरु राजु मास्टर, बल्छी ध्रुवे, मास्टरनी, रजनी गुरुङ मङ्गलीलगायतका कलाकारहरुका प्रस्तुती रहने प्रधानको भनाइ छ ।

शनिबार, पुष ३०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.