• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

सेवा–सुविधा थपिँदै गएपछि भरतपुर अस्पतालमा बिरामीको चाप बढ्यो

  •   मङ्गलबार, फागुन ०२, २०७९ मा प्रकाशित

फागुन २ ,चितवन । भरतपुर अस्पतालमा सेवा, सुविधा र उपकरण थपिँदै गएपछि सेवाग्राहीको चाप बढ्दै गएको छ । पछिल्लो समय अस्पतालले आफ्नो सेवालाई विस्तार गरेसँगै सेवाग्राहीको संख्या बढ्दै गएको हो ।

एकै वर्षमा सात पटकसम्म अस्पताल प्रमुख (मेडिकल सुपरिटेण्डेन्ट) परिवर्तन हुँदा सेवा प्रवाहमा केही कमी आएको थियो । अस्पतालमा सरदर दैनिक एक हजार पाँच सय बिरामी बहिरङ्ग सेवा लिन आउने जनाइएको छ । छ सय शय्याको यो अस्पताल सङ्घीय अस्पताल हो । चितवनसहित छिमेकी २१ जिल्लाबाट यहाँ बिरामी आउने गर्दछन् । आएका बिरामीमध्ये ७० प्रतिशत हाराहारी स्वास्थ्य बीमाका हुने गर्दछन् । अस्पतालमा बीमा सुरु भएयता रु एक अर्बभन्दा बढी रकम अस्पतालले बीमावापत पाइसकेको छ । बीमा सेवा दिनेमा यो देशकै उत्कृष्ट अस्पतालको रूपमा चिनिन्छ ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेल बिरामीको सेवा र सुविधालाई दृष्टिगत गरी सेवा विस्तार गरिँदै आएको बताउनुहुन्छ । अस्पतालले गुणस्तरीय सेवासँगै अतिविशिष्ट सेवा पनि सञ्चालनमा ल्याएपछि बिरामीमा आकर्षण बढेको उहाँको दाबी छ । पछिल्लो समय अस्पतालमा बहिरङ्ग सेवा ९ओपिडी०को टिकट बिहान ७ः३० बजेदेखि दिउँसो २ बजेसम्म बढाइएको छ । विशेषज्ञ ओपिडी बिहान ९ः३० देखि २ः३० बजेसम्म सञ्चालन हुँदै आएको छ । नेपालका सरकारी अस्पतालमा पहिलोपटक साधारण बहिरङ्ग सेवा ९जिओपिडी० सेवा सुरु गरिएको छ । बिहान ८ बजेदेखि सुरु हुने यो सेवा बेलुकी ५ बजेसम्म चल्दै आएको छ ।

बिरामीको सहजतालाई ध्यानमा राखेर अस्पतालभित्र सोधपुछ कक्ष र फ्रेण्ड्स अफ भरतपुर अस्पतालसँगको समन्वयमा अस्पताल परिसरमा हेल्प डेस्क सञ्चालन गरिएको छ । शल्यक्रिया कक्ष (अपरेसन थिएटर)को सङ्ख्या छ वटाबाट बढाएर सात बनाइएको छ । तीमध्ये दुईवटा अस्पताल विकास समितिको बजेटबाट ‘मोडुलर’ शल्यक्रिया कक्ष बनाइएको हो । यो पनि अस्पताललाई अहिले अपुग छ ।

सौन्दर्यकरण समिति बनाई अस्पतालमा सरसफाइ र सजावटका काम भइरहेका छन् । अगाडिको पर्खाल पुनःनिर्माण, मुख्य बोर्ड र मन्दिरसमेतमा रङरोगन र मर्मत गरिएको छ । प्रत्येक सोमबार अतिरिक्त सरसफाइ हुँदै आएको छ । सरसफाइमा स्थानीय सामाजिक अभियान्तसमेत जोडिने गरेका छन् । ‘ट्रमा इमर्जेन्सी’ सुरु गरिएको छ । अस्पतालमा ट्रमा म्यानेजमेन्ट सिस्टम प्रभावकारी बनाइएको छ । सी ब्लक भवनमा टरसियरी लेभलको ट्रमा सेन्टर बनाउन काम सुरु भइसकेको छ । यो काम सम्पन्न भएबाट नेशनल ट्रमा सेन्टरपछि नेपालमै दोस्रो सरकारीस्तरको ट्रमा सेन्टर भई दुर्घटनाका बिरामीलाई छिटोछरितो सेवा दिन सकिएको मेसु डा पौडेल बताउनुहुन्छ ।

नयाँ भवनमा ५० शय्या क्षमताको आकस्मिक कक्ष सञ्चालन गरिएको छ । जहाँ प्रयोगशाला, माइनर ओटी (सामान्य शल्यक्रिया), एक्सरे, काउन्टर, फार्मेसीलगायतका सुविधा रहेका छन् । मेसु प्रा डा पौडेलले भन्नुभयो, “आकस्मिक कक्षमा आएका बिरामी अन्यत्र जान नपर्ने गरी एउटै छानामुनि सबै सुविधा उपलब्ध गराएका छौँ ।”

प्रसूति सेवालाई थप व्यवस्थित गर्न अस्पताल विकास समितिकै खर्चले विस्तृत अध्ययन प्रतिवेदन तयार गरिएको छ । प्रसूतिको छुट्टै भवन निर्माण गरी अझ गुणस्तरीय सेवा दिने तयारी भइरहेको छ । हाल प्रसूति विभागमा ठूलो सङ्ख्यामा भर्ना र डिस्चार्ज हुने भएकाले सोही विभागमा छुट्टै काउन्टर सञ्चालन गरिएको छ । उहाँले भन्नुभयो, “प्रसूति सेवाका लागि सबै सुविधा एउटै भवनबाट सहज तरिकाले होस् भनेर काउन्टरलगायतका सुविधा एकै ठाउँबाट दिएका छौँ ।”

कोभिड महामारीको समयमा सघन उपचारकक्षमा शय्या अभाव भएपछि थप १० शय्या सघन उपचारकक्ष र पाँच शय्याको एक महिनादेखि १५ वर्षसम्मका बालबालिका राख्ने सघन उपचारकक्ष थप गर्न कार्यक्रम स्वीकृत भई कार्य अगाडि बढेको छ । उहाँले भन्नुभयो, “आठ शय्याको पिआइसीयू र एनआइसीयूलाई १० बाट बढाएर १८ बनाइँदै छ ।”

दुई वर्षअघि पक्षी प्रयोगशालामा सुरु गरिएको पिसीआर प्रयोगशाला अस्पतालकै नयाँ भवनमा सारेर सेवा नियमित गरिएको छ । टिकट काउन्टरको भीड कम गर्न काउन्टर सङ्ख्या थप गरिएको र बहिरङ्ग सेवा निःशुल्क गरिएको छ । मेसु डा पौडेलले भन्नुभयो, “टिकट काउन्टरमा भीड कम गर्न अनलाइन टिकट काट्ने व्यवस्था गरेका छौँ, तर अनलाइनप्रति चासो कम छ ।”

सरकारले आठवटा कडा रोगका लागि दिने सुविधा सामाजिक सेवा एकाइबाट अस्पतालले प्रदान गर्दै आएको छ । उहाँले भन्नुभयो “ यस वर्ष बिएस्सी नर्सिङ सुरु गर्ने तयारी भइरहेको छ । ”
सेवालाई अझै गुणस्तरीय बनाउन क्युए ९क्वालिटी एस्योरेन्स कमिटी र ड्युटी अफिसर०को व्यवस्था गरी काम अघि बढाइएको छ । छिटो सेवा चाहने बिरामीलाई लक्ष्य गरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको विस्तारित अस्पताल सेवा कार्यविधिअनुसार छुट्टै भवनमा पेइङ सुपरस्पेशलाइज क्लिनिक सञ्चालन गरिएको छ ।

चिकित्सक, नर्स र प्राविधिकलाई स्वास्थ्य विषयमा अनुसन्धान गर्न प्रेरित गर्ने उद्देश्यले विकास समितिले निर्णय गरी एक वर्षमा १० वटा उत्कृष्ट अनुसन्धानमूलक प्रस्तावलाई समेट्ने व्यवस्था गरिएको छ । शैक्षिक समिति, संस्थागत पुनरावलोकन बोर्ड गठन गरिएको छ ।

मेसु डा पौडेल भन्नुहुन्छ, “बन्द भएको स्पाइनल वार्ड नयाँ भवनमा सुरु गरेका छौँ ।” फिजियोथेरापी सेवालाई ठूलो र फराकिलो ठाउँमा सारी समयसापेक्ष उपकरण थप गरी आधुनिक र चुस्त बनाइएको छ । उहाँ थप्नुहुन्छ, “दुई वर्षदेखि बन्द रहेको न्यूरो सर्जरी सेवा पुनः नियमित सञ्चालनमा ल्याइएका छौँ ।”

अस्पताल परिसरमै छुट्टै सरुवा रोग अस्पताल भवनको निर्माण थालिएको छ । फार्मेसीलाई चुस्त बनाई यसलाई बढी सेवामूलक बनाइएको छ । समयमै औषधि आपूर्ति नगर्ने आठवटा सप्लायर्सलाई गत वर्ष कारबाही गरिएको थियो । प्रसूतिका लागि २४ शय्याको छुट्टै पोस्टअप बार्ड बनाइएको अस्पतालले जनाएको छ ।

अस्पतालमा हाल सञ्चालनमा रहेका छ सय शय्यामध्ये एक सय ५० शय्याका लागि मात्रै सरकारी दरबन्दी छ । अन्य विकास समितिका कर्मचारीमार्फत काम गर्नुपरेको छ । सङ्गठन संरचना प्रतिवेदन बनाइएको र यसबाट भरतपुर अस्पतालका लागि एक हजार ८५ चिकित्सक कर्मचारी थप गर्नुपर्ने भएको छ । हाल सरकारका एक सय ७५ चिकित्सक कर्मचारीमात्रै कार्यरत छन् । तीमध्ये ४६ चिकित्सक छन् ।

सर्भेक्षण प्रतिवेदन स्वास्थ्य मन्त्रालयले अर्थमन्त्रालयमा पठाइसकेको जनाइएको छ । पछिल्लो समय अस्पतालले सुधारका महत्वपूर्ण काम गरे पनि निजी ठूला अस्पतालसँग दाँज्दा धेरै कमी–कमजोरी देखिने अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेल बताउनुहुन्छ । “ओएनएम सर्भेअनुसारका कर्मचारी आउँदै गर्दा अनुभूति हुने गरी सेवा दिन हामी सक्छौँ”, उहाँले भन्नुभयो, “यो राजधानी बाहिरको नेपाल सरकारको धेरै बिरामीलाई सेवा दिने अस्पताल हो ।”

अध्यक्ष पौडेलले भन्नुभयो, “रु छ करोड हाराहारी लागतमा पानी ट्याङ्की र रु १६ करोड हाराहारीको आवास (क्वाटर) समितिले नै निर्माण गर्ने तयारीमा छौँ ।” अस्पतालमा एनेस्थेसियोलोजिष्ट र शल्यक्रिया कक्षको अभाव हुँदा शल्यक्रियाका लागि लामो समय पालो कुर्नुपर्ने बाध्यता रहेको छ । कतिपय बिरामीले सात महिनासम्म पालो कुर्नुपरेको छ । बिरामीको चापअनुसार कर्मचारी र आवश्यक उपकरण नहुँदा बिरामीले दुःख अहिले पनि पाइरहेका छन् ।

मङ्गलबार, फागुन ०२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.