फागुन ६ , काठमाडौँ । यस वर्षको बहुप्रतीक्षित चलचित्र ‘छक्कापञ्जा ४’ को ट्रेलर युट्युब ट्रेन्डिङको शिर्ष स्थानमा रहेको छ । शुक्रबार सार्वजनिक गरिएको चलचित्रको ट्रेलर केहि घन्टामा नै युट्युब ट्रेन्डिङको पहिलो स्थानमा पुगेको हो ।
चलचित्र ‘छक्कापञ्जा ४’ को यो समाचार तयार पर्दासम्म ६ लाख ३२ हजार भिउज पाउँदै युट्युबको ट्रेन्डिङ पहिलो स्थानमा रहेको छ । ३० हजार बढी लाइक पाएको चलचित्रलाई करिब २ हजार प्रतिक्रिया समेत दिएका छन् । चलचित्रको ट्रेलरलाई प्राय जसो सबैले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

चलचित्रमा दीपकराज गिरी ,केदार घिमिरे,बेनिषा हमाल , दीपाश्री निरौला,नीर शाह, निर्मल शर्मा, बुद्धि तामाङ, राज आचार्य, अनुरागमान सिंह कुँवर ,सुष्मा निरौला, वेदना राई, मलिना जोशी, सविन बाँस्तोला, रमेश बुढाथोकी लगायतको पनि अभिनय रहेको छ ।
हेमराज विसीको निर्देशन रहेको ‘छक्कापञ्जा ४’ यहि फागुन १९ गते बाट प्रदर्शनमा आउदै छ ।आमा सरस्वती मुभिज र आइएमईको संयुक्त प्रस्तुति रहेको ‘छक्का पञ्जा ४’को निर्माताहरुमा दीपेन्द्र खनिया र केशव न्यौपाने छन् भने कार्यकारी निर्माताहरु केदारप्रसाद घिमिरे र निर्मल शर्मा हुन् । फिल्ममा नरेन्द्र मैनालीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन र दीपक स्वयंको कथा, पटकथा तथा संवाद छ।


