• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • २. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ६. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ७. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

पत्रकारितालाई थप डिजिटलाईजेसन बनाउनु पर्छ : प्रमुख रेनु दाहाल

"प्रेस सेन्टर नेपाल चितवनको साधारण सभा तथा वनभोज सम्पन्न  "
  •   शनिबार, फागुन १३, २०७९ मा प्रकाशित

फागुन १३ ,चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले पत्रकारितालाई थप डिजिटलाईजेसन गर्नु पर्ने बताउनु भएको छ । प्रेस सेन्टर नेपाल चितवन शाखाले भरतपुरको जलदेवि सामुदायिक वनको पार्कमा आयोजना गरेको विषेश साधारण सभा तथा वनभोज कार्यक्रमलाई सम्बोधन गर्दैै महानगरपालिका प्रमुख दाहालले सञ्चार मध्यमहरुले नयाँ ढङ्गबाट समाचार तथा सूचना सम्प्रेषण गर्नुपर्ने जोड दिनुभयो ।अहिलेको आवश्यकता र समय सापेक्ष पत्रकारितालाई परिमार्जन गर्दै लैजानुपर्ने देखिएको उहाँको भनाई छ ।

मेयर दाहालले खोजमूलक, तथ्यपरक तथा निषपक्ष पत्रकारिताको अभ्यास गर्दै जानु पत्रकारको जिम्मेवारी, दायित्व र अभिभारा भएको भन्दै उहाँले पत्रकारितालाई थप स्मार्ट बनाउनुपर्ने धारणा राख्नुभयो ।भरतपुर महानगरपालिकाको बारेमा सकारात्मक धेरै र रचानात्मक दुबै प्रकारका समाचारहरु सम्प्रेषण हुने गरेकाले सही दिशामा महानगरपालिका अगाडि बढेको उहाँको भनाई थियो ।‘राम्रो मात्र भन्नुस्, भन्दिन म’,उहाँले भन्नुभयो,‘राम्रो त राम्रो भई हाल्यो । नराम्रा छन् भने खबरदारी गर्नुस् ।’

मेयर दाहालले प्रेस सेन्टरको स्थापना निकै संघर्षशिल, कठिन समयका बाबजुत डोको डालोबाट सूचना प्रवाह गरी सुरुवात भएको औल्याउनुभयो । व्यवस्था परिवर्तन गर्न प्रेस सेन्टरले विगतमा खेलेको भूमिकाको उच्च प्रशंसा गर्नुभयो ।उहाँले चितवनका सबै प्रेस सम्बद्ध संस्थाहरुलाई समान ढङ्गबाट भरतपुर महानगरपालिका स्थानीय सरकारले प्रर्वद्धन गर्दै आईरहेको बताउनुभयो ।

स्थानीय सरकारले यहाँका श्रमजिवि पत्रकारका लागि लोककल्याणकारी विज्ञापन, जेष्ठ पत्रकारलाई पेन्सनका लागि रु २० लाखको कोष स्थापना, लेखनवृत्तिका लागि रु १५ लाख रुपैयाँ, पत्रकार महासंघको तालिम हलको लागि जग्गाको व्यवस्था तथा विभिन्न अवलोकन भ्रमणका लागि बजेट विनियोजना गर्दै आएको जानकारी दिनुभयो । कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष विष्णु सापकोटा ‘जुगल’, प्रदेश सांसदहरु ठाकुर ढकाल, ईश्वर सापकोटा ‘सुमन’, नेकपा माओवादी केन्द्रका चितवन जिल्ला अध्यक्ष रामचन्द्र अधिकारी, पत्रकार महासंघका सचिव सृजना अर्याल, पत्रकार महासंघका चितवन अध्यक्ष नारायण अधिकारी, प्रेस युनियनका अध्यक्ष अनिल ढकाल, प्रेस चौतारी चितवनका उपाध्यक्ष कृष्ण आर्चाय लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

साधारण सभामा एक दर्जन सम्मानित
प्रेस सेन्टर नेपाल चितवन शाखाले पत्रकारिता क्षेत्रमा योगदान गर्नु हुने विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको छ । प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष सुरेशचन्द्र अधिकारी, प्रेस सेन्टरका केन्द्रीय सचिव शान्ता अधिकारी, केन्द्रीय सदस्य प्रकाशमणि ज्ञावली, सन्तोष देउजा, अग्रज पत्रकार चिन्तामणि पौडेल, वागमती प्रदेशका सचिव सुमन गैरे, प्रेस सेन्टरका वागतमी प्रदेश अनुसाशन अयोगका सदस्य गोपाल परियार, वागमती प्रदेशका सदस्य प्रविन बराल, नेकपा माओवादी केन्द्रका वागमती प्रदेश कोषाध्यक्ष संगिता भट्टराई तथा प्रेस सेन्टरका पूर्व उपाध्यक्ष वीरबहादुर सिंजालीलाई सम्मान गरिएको थियो ।

शनिबार, फागुन १३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • २.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

  • ६.
    ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.