चैत्र ५ , चितवन । चितवनको माडीमा दश विद्यार्थी संगठनको गठबन्धनलाई पराजित गर्दै (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुका राकेश चौधरी निर्वाचित भएका छन् । केहीबेर अघि सम्पन्न मतगणना अनुसार ११९ मत प्राप्त गर्दै चौधरी सभापतिमा निर्वाचित भएका हुन् ।
सत्तागठबन्धन र राप्रपा निकट विद्यार्थी संगठनसहितको संयुक्त प्यानलका रवि भुर्तेललाई १६ मतान्तरले पराजित गर्दै स्ववियू सभापति बनेका हुन् । चौधरीसंग पराजित भुर्तेलले १०३ मत मात्रै प्राप्त गरे ।आज दिउँसो सम्पन्न मतदानबाट कुल २२८ मत खसेको थियो ।
यस्तै सचिबमा अनेरास्ववियु प्यानलका स्वतन्त्र उम्मेदवार बिकास ओझा निर्वाचित हुनु भएकाे छ । उहाँले ११७ मत प्राप्त गर्दा उहाँका प्रतिशप्रर्धि बिकास ढकालले १०१ मत प्राप्त गर्नु भएकाे थियाे ।

कोषाध्यक्ष पदमा भने संयुक्त विद्यार्थी प्यानल अन्तरगत अखिल (क्रान्तिकारी)का सन्ध्या लामिछाने निर्वाचित हुनुभएको छ ।लामिछानेले १२९ मत पाउँदा अनेरास्वबियु प्यालनका उम्मेदवार सुमन रानाभाटले ८५ मत मात्रै पाउनुभयो ।



