चैत्र १७ , काठमाडौं । फिल्म ‘नाइँ नभन्नु ल ६’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा बाल र युवापुस्ताको प्रेम र विछोडलाई सांगीतिक शैलीमा प्रस्तुत गरिएको छ । ड्रामा र एक्सन दृश्यले समेत भरिपूर्ण ट्रेलरमा डेब्यु अभिनेता आशिर्वाद क्षेत्री शीर्ष भूमिकामा देखिएका छन् ।
आशिर्वाद र आँचल शर्मालाई रोमान्टिक जोडीको रुपमा प्रस्तुत गरिएको छ । गायिकाको रुपमा सफल हुन संघर्ष गरिरहेको पात्रको भूमिकामा उनी प्रस्तुत छन् । विकास आचार्य निर्देशित फिल्ममा सरोज खनाल, प्रियंका कार्की, केकी अधिकारी, खड्ग बहादुर पुन (खबपु) अनुभव रेग्मीसहित अन्य बाल कलाकारलाई पनि चित्रण गरिएको छ ।
फिल्मलाई निर्देशक आचार्य, सामीप्यराज तिमल्सिना र अरुणदेव जोशीले लेखेका हुन् । भुपेन्द्र रायमाझी, बसन्त सापकोटा र शरद शंकरको संगीत रहेको फिल्म नयाँ वर्षको अवसर पारेर आगामी बैशाख १ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । विकास आचार्य र विष्णुमणि दाहालले निर्माण गरेका हुन् ।


