• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

चलचित्र विकास बोर्डको आयोजनामा गण्डकी प्रदेशमा घुम्ती सिनेमा कार्यक्रम

  •   शनिबार, चैत २५, २०७९ मा प्रकाशित

चैत्र २५ , काठमाडौँ । चलचित्र विकास बोर्डले दोस्रो चरणमा गण्डकी प्रदेशका जिल्लाहरु गोरखा, लमजुङ, कास्की, पर्वत र बाग्लुङ्गमा घुम्ती सिनेमा तथा सिनेमा साक्षरता अभियान कार्यक्रम सञ्चालन गरेको छ । मिति २०७९ चैत्र १२ देखि २० गतेसम्म ति जिल्लाहरुका चलचित्र भवनहरु नभएका क्षेत्रमा विद्यालयको भवन, सामुदायिक भवन, क्लव एवं खुल्ला स्थानहरुमा चलचित्र प्रदर्शन गरिएको थियो ।

उक्त कार्यक्रममा स्थानीय विद्यालयका शिक्षक, विद्यार्थी तथा अभिभावकको बाक्लो उपस्थिति रहेको थियो । साथै, विद्यालय बाहेकका अन्य स्थानहरुमा स्थानीयवासी, समाजसेवी, जनप्रतिनिधिहरु, व्यवसायी, राष्ट्रसेवक कर्मचारीहरु लगायतको बाक्लो उपस्थितिमा चलचित्र प्रदर्शन गरी चलचित्रका बारेमा जागरण ल्याउन बोर्डले राष्ट्रिय चलचित्र पुरस्कार तथा विशेष चलचित्र पुरस्कार तथा अन्य विभिन्न पुरस्कारबाट पुरस्कृत भएका शिक्षामूलक, सन्देशमूलक, सामाजिक चलचित्रहरू प्रदर्शन गरि चलचित्र हेर्न प्रोत्साहन गर्ने लगायतका विषयमा छलफल समेत गरिएको थियो ।

घुम्ती सिनेमा अभियान कार्यक्रममा सम्बन्धित गाउँपालिका र नगरपालिकाका प्रमुखहरुको प्रमुख आतिथ्यतामा चलचित्र विकास बोर्डका अधिकृत हरिसिंह रैखोलाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सामाजिक अभियन्ता तथा चलचित्र “अग्नीदहन”का निर्माता कोविदशरण उपाध्याय, चलचित्रकर्मी एवं चलचित्र विकास बोर्ड अन्तर्गत आदिवासी जनजाति प्रवर्धन समितिका सदस्य बिरवल घले र स्थानीय सहजकर्ताहरू चलचित्र निर्माता आत्रेय लगायत विभिन्न जिल्लाका स्थानीय अन्य सहजकर्ताहरुले कार्यक्रमका बारेमा प्रकाश पार्नुभएको थियो भने बोर्डको तर्फबाट अभियानका बारेमा चलचित्र विकास बोर्डका अधिकृत गिरीश शर्माले जानकारी गराउनु भएको थियो ।

सातै प्रदेशमा चलचित्र घरहरु नभएका स्थानीय निकाय, वडा, गाँउपालिका, नगरपालिका, टोल बस्तीहरुमा राष्ट्रियता माथी निर्माण भएका तथा अन्य बिशेष प्रकारका चलचित्रहरु घुम्ती सिनेमा मार्फत स्कूल, कलेज तथा समुदायहरु प्रदर्शन गरी स्वदेशी चलचित्र क्षेत्रको विकास, विस्तार र सम्वर्धन गर्ने कार्यक्रम अन्तर्गत घुम्ती सिनेमा सञ्चालन गरिएको हो ।

सिनेमाघरको पहुँच भन्दा टाढा रहेका शहर, बस्ती र समुदायमा पुगी नेपाली राष्ट्रिय भाषा र स्थानिय भाषामा निर्माण भएका चलचित्रहरुको प्रदर्शन गरी नेपाली सिनेमा हेर्ने संस्कृतिको विकास गर्नु, समाज रूपान्तरणमा सकारात्मक प्रभाव पार्नु, सिनेमा घर नभएका स्थानहरुमा राष्ट्रिय चलचित्र बजारिकरण र सिनेमा साक्षरता विषयमा आम नागरिकलाई सु-सुचित गर्नु, नेपाल भित्रै आफ्नो पहिचान खोजी रहेको नेपाली सिनेमा प्रति सकारात्मक भावना उत्पन्न गराउनु, नेपाली चलचित्रको प्रतिष्ठा बढाउनु, चलचित्रका संवाहकहरुको खोजी गर्दै तिनिहरुको क्षमता विकास गर्नु, चलचित्र घरहरु बाहेक अन्यत्र छरिएर रहेका दर्शकहरु लाई चलचित्र सम्बन्धि ज्ञानको उत्प्रेरणामा सहयोग पुऱ्याउनु, चलचित्र क्षेत्रलाई देशव्यापी रुपमा जागृत गराउन प्रोत्साहन गर्ने, चलचित्र क्षेत्रमा समर्पित भएका र हुन चाहने स्रस्टा, सर्जक एवं विद्यार्थीहरुलाई घुम्ती सिनेमा मार्फत प्रोत्साहन गर्ने, चलचित्रको माध्यमबाट विभिन्न जातजातिकामा रहेको भाषा, कला, धर्म, सँस्कृति आदि को बारेमा जान्ने अवसर दिनु, आर्थिक, सामाजिक, साँस्कृतिक, कलात्मक रुपमा चलचित्र क्षेत्रलाई थप सशक्त बनाउन मद्दत पुर्‍याउनु लगायतका उद्देश्यहरु यस कार्यक्रम अन्तर्गत रहेका छन् ।

गोरखा जिल्लाको बारपाक सुलिकोट गाउँपालिका, बारपाकमा रहेको हिमालय माध्यमिक विद्यालयको प्राङ्गण, लमजुङ जिल्लाको मध्य नेपाल नगरपालिका करापुटार स्थित, जनमन्दिर माध्यमिक विद्यालय र कुसुमाकर माध्यमिक विद्यालयको भवनमा, कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं २ भुर्जङगखोला स्थित माछापुच्छ्रे माध्यमिक विद्यालय र सोही ठाउँस्थित आमा समूहको भवनमा, कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नं २ नयाँपुल र वडा नं ५ विरेठाँटीमा, पर्वत जिल्लाको फलेवास नगरपालिका वडा नं ५ स्थित श्री भवानी विद्यापीठ माध्यमिक विद्यालय र फलेवास नगरपालिका वडा नं ३ स्थित राष्ट्रिय जारण युवा क्लवको भवनमा र बाग्लुङग जिल्लाको गल्कोट नगरापालिका वडा नं.३ हटिया स्थित गल्कोट माध्यमिक विद्यालयको स्मृति कक्षमा गरी १० वटा ठाउँहरूमा घुम्ती सिनेमा मार्फत नेपाली कथानक चलचित्रहरु ऐना झ्यालको पुतली, आमा, पचे गोरे (गुरुङ भाषा), गोपी, अग्निदहन र वृत्तचित्र ग्रेटर नेपाल प्रदर्शन गरिएको थियो ।

चलचित्र हेरेका दर्शक, विद्यार्थी, शिक्षक, अभिभावकहरुले चलचित्रले मनोरञ्जन मात्र प्रदान नगरी समाज रुपान्तरण, सामाजिक चेतना,शिक्षा र सन्देश समेत प्रवाह गर्ने माध्यम समेत रहेको प्रतिक्रिया दिनुभएको थियो ।

शनिबार, चैत २५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.