बैशाख १ , काठमाडौँ । वैशाख २९ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘हल्कारा’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै निर्माण युनिटले ट्रेलर बाहिर ल्याएको हो । हरेक नेपालीको घरको कथा भन्ने यस फिल्मको २ मिनेट ४४ सेकेण्ड लामो ट्रेलरमा हुलाक सेवाको सरकारी जागिरमा रहेको युवकको कथा देख्न सकिन्छ ।
ट्रेलरले रोजगारीको लागि विदेशिएको पुरुष र उसलाई पर्खेर बस्ने एक नारीको कथा समेत प्रस्तुत गरेको छ । गाउँमा चिठ्ठी पुर्याउने एक हल्काराको माध्यमबाट वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभावलाई ट्रेलरमा देखाउने कोसिस गरिएको छ ।
कालीपार स्टुडियोले आइसफल प्रोडक्सनको सहकार्यमा निर्माण गरेको फिल्म महेश त्रिपाठी, बिनिता थापामगर, शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ्ग, विद्या कार्की, प्रकाश दाहाल, बिष्णुभक्त अधिकारी, दीपक क्षेत्री लगायतको अभिनय रहेको छ । फिल्मका लेखक, निर्देशक तथा सम्पादक विक्रम सापकोटा हुन् ।
फिल्म पूर्णरुपमा ‘कमर्शियल’ तथा मनोरञ्नात्मक रहेको कार्यक्रममा निर्देशक सापकोटाले बताए । फिल्मले ‘वल्र्डफेस्ट ह्युस्टन फिल्म फेस्टिवल २०२२’ मा सर्वश्रेष्ठ फिल्म अवार्ड ‘प्लेटिनम रेमी’ प्राप्त गरेको थियो भने सोहि फेस्टिवलमा अभिनेता त्रिपाठीले उत्कृष्ट अभिनेता र चिन्तन राजभण्डारीले उत्कृष्ट सिनेमाटोग्राफी भएका थिए । फिल्म काठमाडौँ उपत्यकामा जिजिए ग्रुप र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्नेछ ।
https://www.youtube.com/watch?v=wf1hbVYcjHs


