• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

साईकल सरर…मा राहुल केसी र बिना राउतको रोमान्स

  •   शुक्रबार, बैशाख १५, २०८० मा प्रकाशित

बैशाख १५ , काठमाडौं । नायक राहुल केसी र मोडल बिना राउतले अभिनय गरेको नयाँ गीत साईकल सरर…को काठमाडौंमा बिमोचन गरिएको छ । १० वर्षपछि अमेरिकाबाट नेपाल फर्किएका राहुलले गायक उमेश मुस्कान र गायिका अनु चौधरीको स्वरमा रहेको नयाँ गीत साईकल सरर…को भिडियोमा मोडल बिना राउतसँग अभिनय गरेका छन् ।

दुई साता अघि उनले खड्क गर्बुजाको गीत राहुले…को भिडियोमामा केकी अधिकारीसँग स्कृन शेयर गरेका थिए । सो गीतको भिडियो दर्शकले मन पराएपछि उनलाई फेरी यो गीतको भिडियोमा प्रस्ताव आएको हो ।

बुधबार काठमाडौंमा एक समारोहबीच यो भिडियोलाई सार्वजनिक गरियो । नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, चलचित्र विकाश बोर्डका सदस्यद्धय राजु केसी, रबि अधिकारी, अभिनेता गजित बिष्ट, यो गीतको भिडियोका अभिनेता राहुल केसी, अभिनेत्री विना राउतले यो गीतको भिडियो बिमोचन गरेका हुन् ।

बिमोचन समारोहमा बोल्दै अभिनेता राहुल केसीले यो गीत निकै माधुर्य भएकोले आफुले बिनासँग यसमा अभिनय गरेको पनि बताए । कार्यक्रममा उनले भने,‘एक दशकदेखि अमेरिकामा रहेर पनि मैले त्यहाँ म्युजिक भिडियो तथा सर्ट फिल्ममा अभिनय गरिरहेको छु । नेपाल आएको बेला गत साता खड्क गर्बुजा दाईको लाहुरे र यतिबेला उमेर तथा अनुजीको साईकल सरर…गीतको भिडियोमा अभिनय गरेको छु ।’

अभिनेत्री विना राउतले पनि राहुलसँग यो भिडियोमा काम गर्न निकै रमाईले भएको बताईन् । बिगतमा आफुले राहुलका विभिन्न फिल्म हेरेको र अहिले राहुलसँगै काम गर्दा अभिनय सिक्न पाएको पनि उनले बताईन् ।

गीतमा गायनसँगै लेखन र संगीत पनि उमेश मुस्कानकै छ । यो गीतका निर्माता तथा चलचित्र विकाश बोर्डका सदस्य राजु केसीले कार्यक्रममा भने,‘गीत एक पटक सुन्ने वित्तिकै मन परेर गीतको भाव अनुसारको भिडियो हामीले चितवनका विभिन्न पर्यटकीय स्थलमा छायाँकन गरेर बनाएका हौं । यो गीतको भिडियो सबैलाई मन पर्नेमा हामी विश्वस्त छौं ।’

कार्यक्रममा बोल्दै नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले नेपालमा बस्दा थुप्रै चलचित्रमा अभिनेताको रुपमा काम गरेर अमेरिका पुगेका अभिनेता राहुल केसीले त्यही रहेर नेपाली चलचित्र तथा गीत संगीतमा योगदान दिँदै आएको बताए,‘अनु र उमेशको स्वरमा रहेको साइकल सरर गीत जति मिठो छ । यो गीतमा राहुल र विनाको अभिनय पनि त्यत्तिकै राम्रो देखिएको छ ।’

समारोहमा यो गीतका गायक उमेश मुस्कानले गीत सृजना गर्दाको अनुभव सुनाए । यस्तै बोर्ड सदस्य रवि अधिकारी, अभिनेता गजित बिष्टले पनि गीत र भिडियोको प्रसँसा गरे ।

भिडियोको निर्मातामा रक्षा बानियाँ केसी, आकाश केसी र कार्यकारी निर्माता राजु केसी रहेका छन् । यो गीतको भिडियोलाई बुधबार नै केसिएम डिजिटल युट्युव च्यानलबाट रिलिज गरिएको छ ।

साईकल सरर…को भिडियोमा प्रमोद के भण्डारीको निर्देशन, देव दोर्जे लामाको छायाँकन, नविन निरौलाको सम्पादन, मोहन सुनुवारको निर्माण नियन्त्रण रहेको छ ।

सौराहा लगायत विभिन्न सुन्दर स्थानमा छायाँकन गरिएको साईकल सरर…को भिडियोमा अभिनेता राहुल र अभिनेत्री विनाको जोडी निकै सुहाएको छ । उनीहरु प्रेमिल जोडीको रुपमा भिडियोमा उत्रिएका छन् । यी दुईको रोमान्स आकर्षक छ ।

https://www.youtube.com/watch?v=14SMZx2zJ1Y

 

शुक्रबार, बैशाख १५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.