• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • २. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ६. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ७. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

शंकर कँडेल मृत्यु प्रकरणका आरोपि दुई जनालाई पक्राउ पूर्जी जारी

  •   बुधबार, बैशाख २०, २०८० मा प्रकाशित

बैशाख २०,चितवन । नेपालका परिचित पोल्ट्रि व्यवसायी शंकर कँडेल मृत्यु प्रकरणका आरोपि दुई जनालाई पक्राउ पूर्जी जारी भएको छ । परिवारले किटानी जाहेरी दर्ता गराए संगै जिल्ला प्रहरी कार्यालय चितवनले चितवन जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक रामेश्वर कार्कीका अनुसार जाहेरीमा दिईएका नामका व्यक्तिहरुका लागि पक्राउ पूर्जी जारी गरिसकिएको हो । परिवारका तर्फबाट कडेंलले आत्महत्या गर्नुको कारण कम्पनीको ८५ प्रतिशत शेयर खरिद गरेका व्यवसायी प्रदिप रुङ्टा र कडेंलकै कम्पनीमा कार्यरत लेखा प्रमुख जीवन रावल बिरुद्ध किट्टानी जाहेरी परेको हो ।

जाहेरी परे संगै पक्राउ पूर्जी जारी गरि देशभर प्रहरीका युनिटहरुसंग समन्वय गरिएको कार्कीले बताउनुभयो । उद्योग बाणिज्य संघ चितवन र उद्योग संघ चिवतन लगायतका नीजि क्षेत्रको ज्ञापन पत्र बुझ्दै उहाँले भन्नुभयो “हामीले पक्राउ पूर्जी जारी गरि सकेका छौ । अपराध महाशाखा, सिआईबि लगाएतको टोलीलाई समेत खवर गरेर देशभरका प्रहरी युनिटहरुसंग समन्वय गरेका छौ ।” आरोपि भनिएका व्यक्तिहरुलाई कानुनी दायरामा ल्याउने उहाँले बताउनुभयो । परिवारले आत्महत्या दुरुत्साहनमा उजुरी दर्ता गराएका थिए ।

ज्ञापनपत्र बुझाउँदै उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले सरकारका विभिन्न निकायमा दर्ता गरि जस्तो सुकै विषम परिस्थितिमा पनि संयमित भई राज्यलाई कर तिर्दै राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याउंदै आएको नीजि क्षेत्रलाई सरकारको तर्फबाट कुनै किसिमको सहयोग नहुनु दुर्भाग्यपूर्ण रहेको बताउनु भयो । यसको परिणाम कडेंलले मृत्युको शिकार बन्नु परेको भन्दै यस्ता घटना रोक्नका लागि समेत दोशिलाई पक्राउ गरि कारबाही गर्न उहाँले माग गर्नुभयो ।

दोशिलाई कारवाही नहुने हो भने अन्य कयौं व्यवसायीहरुले आत्महत्या गर्न बाध्य हुने भन्दै संघले तत्काल पक्राउ गर्न दवाव स्वरुप आन्दोलनका कार्यक्रमहरु समेत संञ्चालन गर्ने जनाएको छ । नीजि क्षेत्रको अगुवाईमा बिहिबार देखि शान्तिपूर्ण आन्दोलनका कार्यक्रमहरु गर्ने समेत जनाईएको छ । आन्दोलनको कार्यक्रम अन्तर्गत बिहिबार जिल्ला प्रहरी कार्यालय चितवन अगाढी ११ः३० वजे धर्ना दिने बिहिबार सम्म पनि दोशी पक्राउ नभए थप आन्दोलनका कार्यक्रमहरु सञ्चालन गर्ने उद्योग संघ चितवनका अध्यक्ष त्रिलोचन कडेंलले जानकारी दिनुभयो ।

मृतक शंकर कडेंल मंगलबार साँझ आफ्नै कार्यालय नारायणगढमा मृत अबस्थामा भेटिएका थिए । केही महिना अघि कडेंलले आफ्नो नेतृत्वको अनमोल फिड्स प्रा.ली.को शेयर रुङ्टालाई बेचेका थिए । शेयर बिक्रि पछि आन्तरिक हिसाब मिलानका क्रममा रुङ्टा र रावलले मानसिक दवाव दिएको उनको सुसाईट नोटमा उल्लेख भएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान सुरु गरिएको कार्कीले जानकारी दिनुभयो । कडेंल जिल्लाका लोकप्रिय पात्र थिए । ५२ वर्षिय कडेंल भरतपुर महानगरपालिका वडा नम्बर ८ निवासी हुन ।

 

बुधबार, बैशाख २०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • २.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

  • ६.
    ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.