भरतपुर महानगरपालिका वडा नं –०८ मा राष्ट्रिय स्वतन्त्र पार्टीले संगठन विस्तार गरेको छ ।
पार्टीको विस्तारीत वडा भेला मार्फत सुभाष गैरेको नेतृत्वमा ११ सदस्य वडा कमिटि गठन भएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीको भरतपुर १३ को उपसभापतीमा किसन रंजित परियार, सचिवमा मनोज पौडेल चयन भएका छन् । यस्तै सदस्यहरुमा सन्तोष सूबेदी, किशोर पौडेल, यमलाल गैरे, सुमित्रा रेग्मी, पुर्ण प्रसाद कंडेल, भोलानाथ सापकोटा, सोमु बिक र राममाया श्रेष्ठ चयन भएका छन् ।
सर्वसमत रुपमा कमिति बनेसंगै वडा सभापति गैरेले ईमान्दार भएर जनताको हितमा संगठनले काम गर्ने बताएका छन् । उनले आफुहरुले निःस्वार्थ ,सुसंस्कृत उच्चकोटीको राजनीतिक संस्कार प्रर्दशन गर्ने समेत दावी गरे । ‘हामी निस्वार्थ समाजसेवा मार्फत राजनीतिलाई लाई दिशाबोध गराउने अभियानमा छौँ र थप जोडिन चाहने मित्रहरु लाई सदैव स्वागत गर्न तत्पर छौ,आउनुहोस् हातेमालो गरौँ’ – गरैले भने ।
गत मंसिरको संसदीय निर्वाचनमा अप्रत्याशित मत पाएको संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी संगठन विस्तारको आक्रामक अभियानमा जुटेको छ ।
निर्वाचनमा प्राप्त मतलाई संगठनमा ढाल्ने र आगामी निर्वाचनका लागि तयारी गर्ने योजनासहित रास्वपा पार्टी बलियो बनाउने रणनीतिमा छ ।


