भरतपुर ।
साझा स्वास्थ्य सेवाको ५९औँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ।
शनिवार साझा स्वास्थ्य सेवा सहकारी संस्था क्यान्सर शाखाको आयोजनामा वि.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालको प्राङ्गणमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा नेपाल औषधि लि, लायन्स क्लव आफ चितवन आयोग्य, चितवन गाण्डकी एक्सप्रेस, चितवन सुन्दरम, चितवन गौरव, नवलपुर अतुल्य, चितवन स्पन्दन सह आयोजकका रुपमा रहेका थिए । जसलाई नेपाल रेडक्रस सोसाईटी चितवन शाखाले प्राविधिक सहयोग गरेको थियो ।
उक्त सेवामा शाखा प्रमुख बेल बहादुर पौडेल गर्मीसंगै रगतको अभाव हुने गरेकाले शाखाले मानव स्वास्थ्यलाई ख्याल गरेर आफ्नो वार्षिकोत्सवमा रक्तदान कार्यक्रम आयोजना गरेको बताउनु भयो । मानवको जीवन बचाउनु राज्यको दायित्व भएको भन्दै उहाँलेसेवाभाव सबैमा जागृत हुनुपर्ने धारणा राख्नुभयो ।



