• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

चलचित्र ‘बगान’को ट्रेलर रिलिज, एकल आमाले निशुल्क हेर्न पाउने

  •   बिहिबार, असार २१, २०८० मा प्रकाशित

असार २१ , काठमाडौँ । यही असार २९ गते नेपालभर रिलिज हुने नेपाली चलचित्र ‘बगान’को ट्रेलर सार्वजनिक भएको छ । बुधवार काठमाडौँको वन सिनेमाजमा आयोजित कार्यक्रममा ६ जना विशिष्ट एकल आमाहरुलाई सम्मान प्रदान गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलर सार्वजनिक गर्दै एकल आमाले देशैभर निशुल्क ‘बगान’ हेर्न पाउने घोषणा गरिएको छ । यसको लागि चलचित्र हलमा सरकारले जारी गरेको एकल आमाको परिचयपत्र देखाउनुपर्नेछ ।

कार्यक्रममा बोल्दै निर्देशक तथा अभिनेता खनालले नेपालमा अहिले करिब १५ लाख जना एकल आमा रहेकोमा सबैले यो चलचित्र हेर्न पाउन भन्ने उद्देश्यले निशुल्क चलचित्र हेर्ने व्यवस्था गरेको बताए । उनले भने, “आज हामीले ६ जना एकल आमाहरुलाई प्रतिनिधि पात्रको रूपमा सम्मान प्रदान गर्दैछौँ । हामीले ६ जनालाई मात्र सम्मान गर्दा नेपालका सबै एकल आमाहरुलाई बिर्सन नसकेर निशुल्क चलचित्र देखाउने निर्णय गरेका हौँ ।” चलचित्र निर्देशन यात्राबारे कुरा गर्दै खनालले आफुले निर्देशनको दुस्साहस गरेको र यो निकै ठुलो काम भएको महशुस गरेको बताए । “ठुलो काम गर्ने तताम् निर्देशकहरुप्रति मेरो उच्च सम्मान छ । यो मेरो पहिलो काम हो तर अन्तिम भने होइन”, खनालले बताए ।

चलचित्रको तीन मिनेट लामो ट्रेलरमा एकल महिलाले पुनर्विवाह गर्ने बिषयको मतभेदलाई प्रस्तुत गरिएको छ । अभिनेत्री करिश्मा मानन्धरले एकल महिलाको भूमिका निभाएकी छन् भने नव अभिनेत्री प्रमिला कार्की मानन्धरकी छोरीको भूमिकामा छन् । यसै चलचित्रबाट रजतपटमा प्रवेश गरेकी कार्कीले अभिनयमा गजबको सम्भावना देखाएकी छन् । ट्रेलरमा करिश्मासँग प्रेम गर्ने पात्रको रूपमा अभिनेता तथा यस चलचित्रका निर्देशक सरोज खनाललाई देखाईएको छ । अभिनेत्री कार्कीको प्रेमीको रूपमा अभिनेता आकाश श्रेष्ठलाई राखिएको छ । अभिनेता नीर शाहलाई पुरातनवादी सोच राख्ने पात्रको रूपमा राखिएको छ भने अभिनेत्रीद्वय बशुन्धरा भुषाल र मिथिला शर्मालाई पनि ट्रेलरमा समेटिएको छ ।

कार्यक्रममा एकल आमाको प्रतिनिधित्व गर्ने प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना, पूर्व बागमती प्रदेश प्रमुख, माइती नेपालकी अध्यक्ष तथा सिएनएन हिरो अनुराधा कोईराला, कोशी प्रदेश सभा सदस्य मीना श्रेष्ठ, बरिष्ठ पत्रकार बबिता बस्नेत, अभिनेत्री करिश्मा मानन्धरकी आमा कोमल कुमारी केसी र अभिनेत्री पुजा शर्माकी आमा दुर्गा सापकोटालाई सम्मान प्रदान गरिएको थियो । नेपालकी पहिलो नायिका भुवन चन्द, पहिलो रंगीन चलचित्रकी नायिका चैत्यदेवि सिंह, नेपालकी पहिलो हाँस्यकलाकार बशुन्धरा भुषाल र अभिनेत्री करिश्मा मानन्धरले सम्मान प्रदान गरेका थिए ।

उपसभामुख रानाले ट्रेलर हेर्दै गर्दा आफ्नो छोरीको याद आएको बताइन् । आफ्नो छोरी २ बर्षकी हुँदाको समयदेखि एकल महिलाको रूपमा आफुले छोरीलाई हुर्काई बढाई अहिले २७ बर्षकी बनाएको बताउँदै रानाले आफ्नो सामाजिक संस्थामार्फत जेलमा रहेका सयौँ बालबालिकालाई आफ्ना सन्तानको रुपमा हुर्काउँदै आएको स्मरण गरिन् । माइती नेपालकी अध्यक्ष कोईरालाले चलचित्रमा एकल आमाको कथालाई देखाउन लागेकोमा धन्यवाद व्यक्त गर्दै अहिले अदृश्य रुपमा हजारौँ घरहरुमा एकल आमाहरूको वृद्धी भएको बताइन् । कोशी प्रदेश सभा सदस्य श्रेष्ठ भावुक हुँदै आफुले एकल आमाको रूपमा छोरी हुर्काउँदै गरेको संघर्ष सम्झिईन् । उनले पहिलोपटक यो सम्मानले आफुलाई एकल आमाको रूपमा सार्वजनिक गरेको बताउँदै संघर्षका दिनहरु स्मरण गरिन् ।


अभिनेत्री करिश्मा मानन्धरले आफ्नी आमाले एकल आमाको रुपमा विभिन्न जटिलता र वाधाहरुलाई झेल्दै आफुहरुलाई हुर्काएको देखेको बताइन् । आफैले आमालाई एकल आमाको रूपमा सम्मान गर्न पाउँदा भाग्यमानी भएको बताइन् । यस चलचित्रमा आफुले एकल आमाको भूमिकामार्फत सबै आमाहरुलाई सम्मान दिएको बताइन् ।

नव अभिनेत्री प्रमिला कार्कीले एकल आमाहरूले दिएको प्रतिक्रियाले ‘बगान’मा हामीले भन्नै पर्ने बिषय रहेको महशुस भएको बताईन् । उनले भनिन्, “मैले चलचित्रमा अभिनय गर्दा धेरै पटक रोएँ, तर आज ट्रेलर हेर्दै गर्दा छेउमै बस्नुभएकी एकल आमा भक्कानिएर रुँदा म झनै रोएँ । कलाकारको रूपमा कसैले हामीले चलचित्रमा भनेको सन्देश महशुस गर्छ भने त्यो नै सफलता हुने रहेछ ।” निर्माता सुरेश वाग्लेले सरोज खनाल जस्तो अभिनेताले यो चलचित्रबाट निर्देशनमा डेब्यू गर्नु र दिग्गज कलाकारहरूले अभिनय गर्नु आफैमा खुशीको कुरा रहेको बताए । आफुले समाजको यथार्थ र परिवर्तन हुनुपर्ने परिस्थितीलाई देखाउन चलचित्रमा लगानी गरेको उनले बताए ।

यस चलचित्रमा सरोज खनाल, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, नव अभिनेत्री प्रमिला कार्कीसँगै नीर शाह, बसुन्धरा भुषाल र मिथिला शर्मा लगायतको अभिनय रहेको छ । स्वप्निल नीरवको कथामा आधारित रहि बनेको यो चलचित्रबाट अभिनेता खनालले निर्देशनमा र अभिनेत्री कार्कीले अभिनयमा डेब्यु गरेका हुन् । नेपाली वेबसाइट डटकमको प्रस्तुती रहेको ‘बगान’का निर्माता सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर हुन् । यसमा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, सन्देश शाहको सम्पादन, समिर मियाँको भि.एफ.एक्स. तथा रेनिश फागोको कलर करेक्शन रहेको छ । ब्याकराउन्ड स्कोर सुजिल कर्माचार्य र साउन्ड मिक्सिंग मुकेश शाहको रहेको छ । हरि लम्साल र सुवास भुषालको संगीत रहेको चलचित्रका गीतमा अञ्जु पन्त, सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर रहेको छ ।

यो चलचित्र नेपाल र अमेरिकासहित नेपालीको बसोबास रहने विभिन्न देशहरुमा फिल्म प्रदर्शन गर्ने योजनामा निर्माण टिम छ । ‘बगान’को वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र बाहिर एफडी कम्पनीले गर्दैछ ।

बिहिबार, असार २१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.