साउन १ , काठमाडौं । नेपाली चलचित्र ‘उनको स्वीटर’ निर्माण हुने भएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमबीच फिल्म निर्माण गर्ने घोषणा गरिएको हो ।चलचित्रमा अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरको मुख्य अभिनय रहनेछ । फिल्म मंसिरको पहिलो साताबाट मात्रै सुटिङ निर्माताहरुले बताएका छन् ।
चलचित्र विशेष हुने अपेक्षा गरेको अभिनेता कार्कीले बताए। फिल्म समसामयिक विषय वस्तुमा र लभ स्टोरीमा आधारित हुनेछ । तिहारपछि मात्रै सुटिङ शुरु हुने चलचित्रलाई नविन चौहानले निर्देशन गर्नेछन् ।
फिल्ममा विपिन र मिरुनासँगै एलेक्स पारस, परीक्षा लिम्बु, अनिल सुब्बा लगायतका कलाकार फाइनल भएका छन्। बाँकी कलाकार भने छिट्टै फाइनल हुने बताइएको छ। फिल्ममा अनिल सुब्बा र सुरज तमू कास्टिङ निर्देशक छन्। फिल्मलाई सिनेमाटोग्राफर चिन्तनराज भण्डारीले खिच्नेछन्।
फिल्मको सम्पादन कृष्ण भण्डारीले गर्नेछन्। ब्याकराउण्ड संगीत निर्देशक कोबिद बज्र हुनेछन् भने पब्लिसिटी डिजाइन ट्राइटेण्ड कन्सेप्टका रोयल भिमसेनले गर्नेछन्।
फिल्म घोषणा गर्नुअघि गायक सुजन चापागाईंले टाइटल गीतको लाइभ प्रस्तुति दिएका थिए। फिल्ममा सुजन र गायिका झुमा लिम्बु संगीत निर्देशक छन्।


