साउन १८ , भरतपुर । पोल्ट्री व्यवसायी शङ्कर कँडेल मृत्यु प्रकरणमा किटानी जाहेरी परेका प्रदीप रुङ्गटा पुर्व पक्षका लागी थुनामा गएका छन्।न्यायाधीस डिल्लीराम शर्मा अर्यालको बिहिबारको आदेशले रुङ्गटा जेल चलान भएका श्रेष्तेदार इश्वर आचार्यले बताए ।
कँडेलले आत्महत्या अघि लेखेको ‘सुसाइट नोट’मा अनमोल फिड्सका चार्टर एकाउन्टेट जीवन रावल र सोही कम्पनीको ८५ प्रतिशत शेयर किनेका रुङ्गटाका कारण आफूले आत्महत्या गर्नुपरेको उल्लेख गरेका थिए ।
वैशाख १९ मा कँडेल नारायणगढस्थित आफ्नै कार्यालयमा मृत अवस्थामा भेटिएका थिए । कँडेल नेपाली कांग्रेसका महासमिति सदस्यसमेत थिए ।
अर्को आरोपी अनमोल फिड्सका चार्टर एकाउन्टेट जीवन रावल भने केही दिन अघि उच्च अदालत हेटौँडाबाट तारेखमा रिहा भएका हुन् । उनी बैशाख २२ गते बाराको सिमाराबाट पक्राउ परेका थिए।
कँडेलले आत्महत्या अघि लेखेको ‘सुसाइट नोट’मा अनमोल फिड्सका चार्टर एकाउन्टेट रावल र सोही कम्पनीको ८५ प्रतिशत शेयर किनेका रुङ्गटाका कारण आफूले आत्महत्या गर्नुपरेको उल्लेख गरेका थिए ।


