• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • २. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ३. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ६. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ७. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ८. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • ९. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

  • १०. आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै

भरतपुर महानगरपालिका र चीनको सिगात्से सिटीबीच दुई पक्षिय हितमा काम गर्ने सहमति

  •   बिहिबार, साउन १८, २०८० मा प्रकाशित

१८ साउन, सिगात्से । भरतपुर महानगरपालिकासँग भगिनी सम्बन्ध कायम रहेको सिगात्से सिटीका प्रमुख वाड्ग फड्ग हुड्ग र भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालबीच दुई सहर बीच एक आपसमा सहयोग आदन–प्रदान गर्दै दुई सहरका जनताको बीचमा सुमधुर सम्बन्ध कायम गर्दै अगाडि बढ्ने सहमति भएको छ ।

मंगलबार एक कार्यक्रमका बीच सो सहमति भएको हो । तिब्बत प्रान्तको दोस्रो ठूलोे हिमाली सहर सिगात्सेको निमन्त्रणामा सिगात्से पुगेको भरतपुर महानगरपालिकाको प्रतिनिधि मण्डल बीच प्रविधि आदान–प्रदान कृषि र पर्यटनको क्षेत्रमा सँगसँगै अगाडि बढ्दै भगिनी सम्बन्धलाई जनस्तरसम्म विस्तार गर्नुपर्नेमा दुवै सहरका प्रमुखबीच सहमती भएको हो । सो अवसरमा भरतपुर महानगरपालिका प्रमुख दाहालले सिगात्से सिटीको न्यानो माया र आतिथ्यताप्रति खुसी व्यक्त गर्दै भरतपुर महानगरपालिकाको संक्षिप्त परिचय जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमुख दाहालले भरतपुर महानगरपालिका पूर्वाधार विकासका साथै कृषि, पर्यटन र स्वास्थ्य सेवाको क्षेत्रमा अगाडि बढिरहेको बताउँदै सिगात्से सरकार र यहॉका व्यवसायीहरूलाई नेपालको भरतपुरमा लगानी गर्न आग्रह गर्नुभयो । प्रमुख दाहालले सिगात्सेको चौतर्फी विकास लोभलाग्दो रहेको भन्दै मेयर वाड्ग फड्ग हुड्गलाई धन्यवाद दिदै अर्को पटक सिगात्से आउँदा सिगात्सेको समग्र विकास हेर्ने आशा रहेको भन्दै सिगात्से सिटीका नागरिकको मन जितेर अगाडि बढ्न शुभकामना व्यक्त गर्नु भएको थियो । सो अवसरमा प्रमुख दाहालले सन् २०२४ लाई भरतपुर महानगरपालिकाले भरतपुर भ्रमण वर्षको रूपमा विषेश कार्यक्रम गरी मनाउन लागेको भन्दै भरतपुर भ्रमण वर्षमा सहभागि हुन मेयर वाड्ग उहॉको टिम र उहॉमार्फत सिगात्सेवासीलाई निमन्त्रणा गर्नुभएको थियो । सो अवसरमा सिगात्से सिटीका प्रमुख वाड्गले प्रमुख दाहालसहित भरतपुरको प्रतिनिधि मण्डललाई सिगात्सेमा स्वागत गर्न पाउँदा ज्यादै खुसी लागेको बताउदै भरतपुर र सिगात्से सहरको सम्बन्धलाई जनस्तरमा देखिने गरी स्वागत गर्न आफुहरू सधै तयार रहेको भन्दै कोभिड–१९ को महामारीको समयमा पनि भरतपुरका नागिरकहरूको जीवन रक्षाका लागि स्वास्थ्य सामाग्री प्रधान गरेर सानै भए पनि सहयोग पु¥याएको स्मरण गर्नुभयो ।

सो अवसरमा प्रमुख वाड्गले नेपाल र तिब्वत क्षेत्रसँग व्यवस्थित सडक र रेल सञ्जालमार्फत जोडेर दुई देशले लाभ लिने गरी चीन सरकारले आयोजना अगाडि बढाउन पहल गरिरको बताउँदै त्यसका लागि नेपाल सरकारको ध्यानआकर्षण गरिदिन मेयर दाहालमार्फत आग्रह गर्नभयो । सिगात्सेको पशुपालन व्यवसाय प्रवर्दनका लागि भरतपुरले साईलेज उद्योग सञ्चालन गर्न सहयोग पु¥याएर ठूलो सहयोग गरेको भरतपुरको घॉस अहिले सिगात्सेको कृषि फार्मका याक चौरी भेडा लगायतका लागि पौष्टिक आहारको रूपमा खपत भईरहेको बताउनुभयो । चीन नेपालको असल छिमेकी भएको स्मरण गर्दै प्रमुख वाड्गले सिगात्से सरकार भरतपुरमा आधुनिक प्रणालीमा कृषि क्षेत्रमा लगानी गर्न ईच्छुक रहेको बताउदै सन २०२४ मा हुने भरतपुर भ्रमण वर्षलाई सफल पार्न सक्दो सहयोग गर्ने बताउँदै समय मिलाएर आफु भरतपुरको भ्रमण गर्ने बताउनुभयो ।

कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले भरतपुर र सिगात्से बीच कायम रहेको भगिनी सम्बन्धलाई दुई पक्षिय भ्रमणका माध्यमबाट अझ प्रगाढ बनाउदै लैजानु पर्ने बताउनुभयो । सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार रानाले सिगात्से सहरको भ्रमणले दुई सहर बीचको पारस्परिक विश्वासमा थप टेवा पु¥याएको भन्दै न्यानो आतिथ्यताका लागि सिगात्से सरकार र सिगात्से सिटीका नागरिकप्रति धन्यवाद व्यक्त गर्नुभएको थियो ।

महानगरपालिका प्रमुख दाहालको नेतृत्व रहेको ८ सदस्यी प्रतिनिधि मण्डलले सिगात्से सहरका ऐतिहासिक एवम् पुरातात्विक महत्वका क्षेत्रको अवलोकन, सडक सञ्जाल हरियाली प्रवर्दनका साथै औद्योगिक क्षेत्र र भरतपुरको साईलेज घाँसमार्फत पशुपालन गरिएको ऐभरेष्ट ऐग्रो फार्मको अवलोकन गरेको भ्रमणमा सहभागी भरतपुर महानगरपालिकाका विज्ञ प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारीले बताउनुभयो । भ्रमण टोलीले तिब्बत प्रान्त अन्तर्गतका सरकार प्रमुहरूसँग उच्च स्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको अधिकारीले जानकारी दिनुभयो ।

बिहिबार, साउन १८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम
चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते
जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार
‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल
बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन
साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • २.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ३.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

  • ६.
    शक्तिपीठमा भक्तजनको घुइँचो

भर्खरै

  • १.
    रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम

  • २.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ३.
    जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार

  • ४.
    ‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल

  • ५.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ६.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ७.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ८.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.