• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

चर्चामा ‘ऐंचो पैंचो’को “काले केटाले” गीत

  •   सोमबार, साउन २२, २०८० मा प्रकाशित

साउन २२ , काठमाडौं । नेपाली सिनेमामा हम्मेसी रिच प्रोडक्सन भएको गीतको भिडियो हेर्न पाइँदैन । न्यून बजेट नै यसको मुख्य कारण हो । तर, केही सिनेमाले भने गीतको भिडियोमा पनि महंगो बजेट खर्चिन थालेका छन् । यसको पछिल्लो उदाहरण हो- सिनेमा ‘ऐंचो पैंचो’ । र, यसको गीत ‘काले केटाले…को भिडियो ।’

यो गीत सिनेमाको कथाभित्र कुन सन्दर्भ र के प्रयोजनका लागि हो त्यो त अहिलेसम्म रहस्यकै गर्भमा छ । तर, सिनेमा भित्र कस्तोकथामा यो गीत आउँछ त्यो त सिनेमा हेरेपछि नै थाहा होला । अहिलेलाई भने यो गीतले दर्शक तथा स्रोताको मन जितिरहेको छ । लोकप्रिय बन्दै भएको गीत अहिले चर्चामा छ ।

झट्ट गीत सुन्दा र हेर्दा आइटम सङ जस्तो पनि तर थोरै लोकलयमा मिश्रित यो यतिबेला सिनेमाको राम्रो प्रचार सामग्री भने बनिरहेको छ । लोक र आधुनिक गीत सिर्जनाको शिखरमा रहेका रहेका सर्जक एकनारायण भण्डारीको शब्दरचना रहेको गीतमा संगीत र स्वर आशिस अबिरलको छ । आशिसलाई अस्मिता अधिकारीले स्वरमा साथ दिएकी छन् ।

योङ जेनेरशनलाई लक्षित गरेर लेखिएको गीतले प्रेमी-प्रेमिकाले आफ्नो प्रेमी-प्रेमिकासँग देखाउने एटिच्युड प्रस्तुत गरेको छ । आफूलाई सुनसँग तुलना गर्दै प्रेमीलाई फलाम भएको रोमान्टिक व्यङ्ग्य गर्ने गीतमा दुवैले एकअर्कालाई मन पराउने तर रमाइलोका लागि एकले अर्कोलाई जिस्काउने भाव छ । केटाले देखाउने समर्पणमा मदहोस प्रेमिका गीतको सारांश हो ।

गीतको भिडियोमा एलेक्स विश्वकर्मा (पारस) फोकस छन् । साथमा स्वस्तिमा खड्का, वर्षा राउत, मुकुन भुषाल, सुशील सिटौला, कोसिस क्षेत्रीको अभिनय छ । यो गीतको भिडियोमा कबिराजको आकर्षक कोरियोग्राफी छ । सयौं कोरसका बिचमा सिनेमाका मुख्यकलाकारले नृत्य छ । प्रायः बिना कोरस नायक/नायिकालाई मात्रै नचाउने अधिक सिनेमाबीच ‘ऐंचो पैंचो’ले सयौं कोरस र आफैँ सेटलगाएर निर्माण गरिएको भिडियोले यतिबेला दर्शकको ध्यान खिचिरहेको छ ।

पारसको भूमिका सिनेमामा छ/छैन थाहा छैन तर उनको नृत्यले दशर्कको मन खिच्छ । स्वस्तिमा र बर्षाको अदाहले भिडियोलाई थप उचाई दीएको छ । शब्द र भावअनुसार अन्य कलाकारको टाइमिङ र नृत्यलाई दर्शकले रुचाएका छन् ।

निर्माण पक्षले गीतको भिडियोलाई कलरफूल बनाउन कुनै सम्झौता गरेको छैन । अक्सर कमर्सियल सिनेमामा पब्लिसिटीका आइटम गीत राख्ने र त्यसको भिडियो ठमेलको कुनै क्लवमा खिच्ने परम्परालाई तोडेको यो ‘ऐंचो पैचो’को गीतले धक खोलेर निर्माण गरिने सिर्जनाले दर्शकले मन पराउँछन् भन्ने पनि प्रमाणित गरिदिएको छ । सार्वजनिक भएको छोटो समयमै युट्युबमा करिब १९ लाख पटक गीत हेरिसकेका छन् ।

मल्टिस्टारर सिनेमा ‘ऐंचो पैंचो’ सुरुवाती प्रचार सामग्रीदेखि नै सम्भावना देखाएको सिनेमा हो । सार्वजनिक टिजर र यसका दृश्यले सिनेमा राजनीतिको पृष्ठभूमीमा रहेको संकेत गरेको छ । टिजरले कौतुहलता सिर्जना गरेको छ । भदौ १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा कृषा चौलागाईंले निर्देशन गरेकी छन् ।

केपी फिल्मसको ब्यानरमा निर्माण भएको सिनेमामा स्वस्तिमा खड्का, मुकुन भुषाल, वर्षा राउत, सुशील सिटौला, कोशिस क्षेत्री, रमेशबुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रवीन्द्र झा, सरिता गिरी, विशाल पहारी लगायत कलाकारको अभिनय रहेको छ ।

प्रितम लामिछाने र आध्या लामिछाने निर्माता रहेको सिनेमामा अभिमन्यु निरवीको कथा, पुरुषोत्तम प्रधानको छायांकन, कविराजगहतराजको कोरियोग्राफी, शुजिल कर्माचार्यको पाश्र्व संगीत रहेको छ । रेनिश फागोकको कलर, सत्यम राणाको भिएफएक्स, मुकेशशाहको साउण्ड डिजाइन, भोला सुवेदी (प्रनव) प्रोडक्सन कन्ट्रोलर, विनय राज पौडेलको मुख्य सहायक निर्देशक र विपिन मल्ल र भुपेन्द्रअधिकारीको सम्पादन छ ।

नेपाली सिनेमा उद्योगमा राजनीतिक विषयमा कमै मात्रै सिनेमा निर्माण भइरहेका बेला कृषाले यो विषयमा सिनेमा बनाउने आँट गरेकीछन् ।

सोमबार, साउन २२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.