साउन ३१ , काठमाडौं । सनी देओल स्टारर बलिउड फिल्म ‘गदर २’ ले भारतीय बक्स अफिसमा धमाका मच्चाउने क्रम जारी छ । फिल्मले हरेक दिन रेकर्ड तोडिरहेको छ । मंगलबार भारतीय स्वतन्त्रता दिवसको दिनमा मात्र फिल्मले ५५.४० करोड भारुको कमाइ गरेको छ ।
शुक्रबार रिलिज भएको फिल्मले पाँचौ दिनसम्म २०० करोड क्लबमा प्रवेश गरिसकेको छ । पहिलो दिन ४०.१० करोड कमाएको फिल्मले दोस्रो दिन ४३.०८ करोड, तेस्रो दिन ५१.७० करोड र चौथो दिन ३८.७० करोड कमाइ गरेको छ । पाँचौ दिनको कमाइ ५५.४० करोड गरी कुल २२८.९८ करोड भारु कमाइ गरेको छ ।
‘गदर २’ २०० करोड कमाउने सनीको पहिलो फिल्म समेत बनेको छ । अनिल शर्माले निर्देशन गरेको फिल्ममा अमिषा पटेल र उत्कर्ष शर्माको पनि मुख्य भूमिका छ ।
तपाईको प्रतिक्रिया


