भाद्र १७ , काठमाडौँ । अभिनेत्री निता ढुङ्गानालाई पितृशोक परेको छ । उनका ८० वर्षीय बुवा सोमप्रसाद ढुङ्गानाको शनिबार निधन भएको हो ।
निताले सामाजिक सञ्जालबाट बुबाका निधन भएको सार्वजनिक गरेकी छन् । उनले लेखेकी छन् ‘हार्दिक श्रद्धाञ्जली मेरो भगवान मेरो बुबाको बैकुन्ठ बास होस् । उनका पिताप्रति फिल्मकर्मी तथा शुभचिन्तकहरुले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
तपाईको प्रतिक्रिया


