• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. शक्तिपीठमा भक्तजनको घुइँचो

चलचित्र ‘परदेशी २’ प्रचार प्रसारको लागि नेपालगन्जमा

  •   सोमबार, असोज ०८, २०८० मा प्रकाशित

असोज ८ ,नेपालगन्ज । यहि असोज २६ गतेदेखि प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘परदेशी २’ यतिबेला चर्चामा छ । चर्चासँगै प्रचार प्रसारमा होमिएको चलचित्र ‘परदेशी २’को टिमले आइतबार नेपालगन्जमा पत्रकारहरुसँग साक्षात्कार गर्दै परदेशी -२ आफ्नै घरपरिवारको पीडा,ब्यथा र पारिवारिक बाध्यताको कथा चलचित्रले दर्शाएको बताएका छन् ।

शनिबार चितवन हुँदै नेपालगन्ज आइपुगेको ‘परदेशी २’को टिमले शनिबारकै दिन नेपालगन्जमा रहेको सिनेमाघर सिने रोयल र क्यु एफ एक्स भिजिट गर्नुका साथै हलमा चलचित्रको ट्रेलर देखाउदै दर्शक सङ प्रत्यक्ष चलचित्रको बारेमा बोल्दै असोज २६ गते चलचित्र हेर्नका लागि आग्रह समेत गरे । दर्शकमाझ गायक प्रकाश सपूत,अभिनेत्री केकि अधिकारी र निर्देशक नारायण रायमाझीको उपस्थिति रहेको थियो । तेस्तै आज चलचित्रको टिमले नेपालगन्जका विभिन्न विद्यालयहरुमा भिजिट गर्नुका साथै चलचित्रको कथा बोल्ने थिम ड्रामा प्रस्तुत गर्दै चलचित्रको प्रचार प्रसार गरेको थियो। जुन ड्रामा हेरेपछि धेरै विद्यार्थीहरु भाबुक समेत बनेका थिए । कलेज क्याम्पेनिङ्ग सक्किए लगत्तै परदेशी-२ टिमले नेपालगन्जका पत्रकारहरुसँग साक्षात्कार गरेका थिए । चलचित्र पत्रकार संघ नेपाल बाँके शाखाको समन्वयमा आयोजना गरिएको उक्त साक्षात्कार कार्यक्रममा ‘परदेशी २’को मुख्य भूमिकामा रहेका गायक तथा अभिनेता प्रकाश सपूत, अभिनेत्री केकी अधिकारी, निर्देशक नारायण रायमाझीलगायतको उपस्थिति रहेको थियो ।

साक्षात्कार कार्र्यक्रममा बोल्दै अभिनेत्री अधिकारीले ‘परदेशी २’ निर्माणमा एउटा सक्षम टिम लागेको बताउँदै चलचित्रले हरेक नेपालीको कथालाई प्रस्तुत गरेको बताइन् । साथै उनले बाँकेमा आफ्नो धेरै चलचित्रहरु छायांकन भएको बताउँदै भनिन्, ‘बाँकेमा नेपाली चलचित्रलाई माया गर्ने धेरै व्यक्तिहरु हुनु हुन्छ । बाँके मेरो दोस्रो घर हो । यहाँ मेरो धेरै चलचित्र छायांकन भएका छन् ।’

कार्यक्रममा निर्देशक रायमाझीले ‘परदेशी २’ले विदेशीने युवाहरुको ब्यथा, उनीहरुको परिवारको अवस्थालगायतका विषयलाई समेटेको बताए । उनले ‘परेदशी २’को कथावस्तुले दर्शकलाई मनोरञ्जनसँगै भावुक बनाउने विश्वास व्यक्त गरे । साथै उनले चलचित्रमा कथाको मागअनुसार सक्षम कलाकारहरुलाई समेटिएको बताए ।

यस्तै अभिनेता सपूतले ‘परदेशी २’ आफ्नो पहिलो चलचित्र भएको र कथाको माग अनुसार आफूले काम गर्न पूर्ण कोशिस गरेको बताए । उनले ‘परदेशी २’मा नेपाली दर्शकको चाहनालाई पूरा गर्नेगरी निर्माण गरिएको बताए । अफ्नो पहिलो चलचित्र भएकाले पनि नर्भस भएको र त्यो नर्भस चलचित्रको सफलता सङै हराउने र अझै राम्रो काम गर्ने उर्जा मिल्ने बताए । मलाई गायकको रुपमा आजसम्म माया गरिदिनु भएको छ। आशा छ नायकको रुपमा पनि माया गरिदिनु हुने छ ।

चलचित्र पत्रकार संघ बाँकेका अध्यक्ष रामचन्द्र पौडेलको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रममा सचिव विक्रम बुढाक्षेत्रीले स्वागत गर्दै खुल्ला अन्तरक्रिया गराएका थिए । कार्यक्रममा जिल्लाका विभिन्न संचारमाध्यममा कार्यरत पत्रकारको बाक्लो उपस्थिति रहेको थियो ।
चलचित्र‘परदेशी २’मा प्रकाश र केकिका अलावा वर्षा शिवाकोटी, दिलिप रायमाझी, प्रशान्त तामांग, नीर शाह, रमा थपलिया, सविन बास्तोला, देवेन्द्र बब्लु र रोशनी कार्कीलगायतको अभिनय रहेको छ ।

साथै साक्षात्कार कार्यक्रमपश्चात ‘परदेशी २’को टिमले नाटकसमेत प्रस्तुत गरेको थियो । सांगेतिक लहरसँगै संवादमा आएर टुंगिएको उक्त नाटक हेर्ने धेरैको आँखा रसाएको थियो ।

सोमबार, असोज ०८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.