असोज १५ , काठमाडौं । अभिनेता अनमोल केसी हिरासतमुक्त भएका छन् । उनलाई खोजेको बेला उपस्थित हुने गरी अभिभावकको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।
जिल्ला अदालतले ३ दिन हिरासतमा राख्न अनुमति दिए पनि उनलाई अनुसन्धानका लागि हिरासतमा राख्नुपर्ने अवस्था नदेखिएकाले रिहा गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता कुमोद ढुंगेलले जानकारी दिए ।
अनुसन्धान अधिकृतले जिम्मा जमानीमा छाड्ने निर्णयसँगै उनी जिल्ला प्रहरी परिसर टेकुबाट रिहा भएका हुन् । उनको जिम्मा काकाले लिएका थिए । छुटे लगत्तै गाडी चढेर अनमोल सिधै घर गएका छन्।
फिल्म रावायण खेल्न १० लाख रकम लिएर फिल्म खेल्न नमानेको भन्दै निर्देशक सुदर्शन थापा प्रडक्सनको तर्फबाट निर्मात्री सुप्रिया कटुवालले अनमोलविरुद्ध उजुरी दिएकी थिइन् । सोही जाहेरीको आधारमा प्रहरीले उनलाई शुक्रबार बेलुका साँगाबाट आपराधिक विश्वासघातको मुद्धामापक्राउ गरेको थियो ।


