असोज १५ , काठमाडौँ ।६ वर्षपछि निर्देशनमा फर्किएका निश्चल बस्नेतको निर्देशन रहेको फिल्म ‘दिमाग खराब’दोश्रो गीत सार्वजनिक गरिएको छ ।तिहारको अवसर पारेर आगामी कार्तिक २४ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्ममा ‘दिमाग खराब’को सोमबार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै ‘झम्के झमा झम’गीत सार्वजनिक गरिएको हो ।
फिल्मको सार्वजनिक गीतमा बबुल गिरिको शब्द, संगीत रहेको छ भने स्वर सुमित खड्का र नम्रता काफ्लेको रहेको छ ।सिनेमा आर्टस र ब्ल्याक हर्स पिक्चर्सको संयुक्त निर्माण रहेको फिल्ममा आकाश बरालको लेखन छ ।
फिल्ममा ‘दिमाग खराब’मा दयाहाङ राई, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, अर्पण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह आदिको अभिनय छ ।
रौनक विक्रम कँडेल निर्माता र सुरज बम ठकुरी कार्यकारी निर्माताको रुपमा रहेको फिल्ममा सुसन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन के बाइबा र बाबुल गिरीको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन तथा रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ ।


