भरतपुर, कात्तिक २१
हिन्दु नेपालीहरुको दोश्रो ठुलो चाड तिहार (भाईटिका) नजिकिदै गएको छ । हरेक वर्ष तिहारमा बजारको माग धान्न भारतबाट ठुलो परिमाणमा फूल आयात हुने गरेको तथ्याङ्क छ । तिहारमा विशेष गरी मखमली र सयपत्री फूलको बढी प्रयोग हुने गर्दछ । यो वर्ष भने बजारमा फूलको अभाव हुन नदिन जताततै सयपत्रि फुलको खेति गरिएको छ ।
तिहारमा सयपत्रि फुलको अभाव नहोस भन्दै भरतपुरको उद्यमी महिला सहकारी संस्थाले भरतपुर–८को बिस हजारीमा सामुहिक फुल खेति गरेका छन् । समुहले लगाएको फूल अहिले ढकमक्क फूलेको छ । सप्रिएका सयपत्री फूलका बोटमा ठुलाठुला थुङ्गा फूल फुलेका छन् । अहिले सो फूल टिप्ने चटारो परेको भरतपुर–८ की शैलजा घिमिरे बताउनु हुन्छ ।
_liSlHfhmg9.jpg)
आफूसहित सहकारीको कार्यसमितिका सदस्य र साधारण सदस्यहरूलाई साथमा लिएर घिमिरेले फूल खेती गर्नु भएको हो । घिमिरेको नेतृत्वमा रहेको सहकारीले विशेष गरी कृषि क्षेत्रमा काम गर्दै आएको छ । धान, तोरी, गहुँ, मकै जस्ता कृषि बाली उत्पादनमा काम गरेको सहकारीले पहिलो पटक फूल खेती गरेको हो ।
‘गत वर्षको तिहारमा फूल अभावको कारण सबैले निकै दुःख बेहोर्नु प¥यो । बजारमा फूल पाउनै मुस्किल भयो । बजारमा फूलको अभाव हुँदा निकै समस्या भएको थियो । त्यसैले फूल खेतीको योजना बनाएका हौँ,’ घिमिरेले भन्नुभयो । ‘सुरुवातमा आफ्नै प्रयोगका लागि फूल खेती गर्ने योजना बनेको थियो, पछि महिलाहरूको रोजगारीको हिसाबले फूल खेतीको सुरुवात गरिएको घिमिरेले बताउनु भयो ।
_tKpK5Q38JQ.jpg)
बजारीकरणमा समस्या
घिमिरेको नेतृत्वमा रहेको सहकारीले गरेको फूलखेतीमा फूल उत्पादन भइसकेको छ । तर, सहकारीलाई फुलले बजार नपाउने हो कि भन्ने चिन्ता छ । उत्पादित फूल बिक्रीको प्रबन्ध कसरी गर्ने भन्नेमा सहकारी अलमलमा छन् । भारतीय बजारको फूलसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले सहकारीले उत्पादन गरेको फूलले उचित बजार नपाउने हो कि भन्ने समुहलाई पिर छ । अहिले बजारीकरणका लागि सहकारीले सामाजिक सञ्जाल र स्थानीय बजारका होलसेल पसलहरूबाट फूल बिक्री वितरण गर्ने योजना बनाएका छन् ।


