काठमाडौं, २२ कात्तिक
नेपालीहरुको दाश्रो महान पर्वतिहार नजिकिदै गर्ला धमाधम तिहारका गीतहरु रिलिज हुन थालेका छन्् । तिहार (दिपावली)को अवसर पारेर मिसेस वल्ड नेपाल २०२३ की प्रतियोगी आयुष्मा राई दर्शकमाझ आएकी छिन् । आफ्नो अभिनय रहेको नयाँ गीत देउसी र तिहार (तिहारै आयो) को उनले आफु सहित आफ्ना साथीहरु तथा प्रतियोगीहरुबाट सामुहिक रुपमा लोकापर्ण गरेकि छिन् ।
यो तिहार गीतलाई गायक निकेश राई सहितको टिमले गाएका हुन् । आयुष्मा र मिसेस वल्र्ड नेपालका प्रतियोगीहरुसहित यो गीतलाई मँगलबार काठमाडौंको अर्याल होटलमा एक समारोहबीच बृटिस आर्मीका मेजर योगेश कोयी राई, कलाकार अनुषा राई, अनिल कोयी राई, अन्तराष्ट्रिय कोरियोग्राफर अश्विनी कान्त झालगायतले सँयुक्त रुपमा लोकार्पण गरेका हुन् ।
बिमोचन कार्यक्रमका आयोजक मेजर योगेश कोयी राईलगायतले मिसेस नेपाल वल्ड २०२३ का प्रतियोगीहरुलाई सफलताको शुभकामना दिँदै उनीहरुको हातबाट यो गीतको भिडियो लाकोर्पण गराएका हुन् । गायक निकेश राईकै शब्द संगीतमा यो तिहार गीत तयार भएको हो । यो वर्षको तिहारलाई लक्षित गरेर नयाँ तिहार गीत ‘देउसी र भैलो (तिहारै आयो)’ दर्शक श्रोतामाझ ल्याएको बिमोचन समारोहमा निकेशले बताएका छन् ।
यो गीतमा आफु सहित कुसुम गुरुङ, सविन शंकर, राजु बाराकोटी, नौली याम्फु, कैलाश विक, सुशील भट्टराईलगायतको स्वर रहेको पनि गायक निकेशले कार्यक्रममा जानकारी गराए । यो गीतमा सुशील भट्टराईको संगीत संयोजन, राजु कार्कीको मिक्सिङ तथा मास्टरिङ रहेको छ ।
मिसेस वल्ड नेपालकी प्रतियोगी आयुष्मा राई र मेजर योगेश कोयी राईको मुख्य भूमिका यसमा रहेको छ । यी दम्पत्ति सहित अनुषा राई, अनिल कोयी राईलगायतले यसमा अभिनय गरेका छन् । भिडियोलाई कलाकार अनिल कोयी राईले नै निर्देशन गरेका हुन् ।


