• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. शक्तिपीठमा भक्तजनको घुइँचो

विनोद पौडेलले हरिवंश आचार्य र दयाहाङ राइलाई लिएर ‘भूठान’ बनाउने

  •   आइतबार, मङि्सर १७, २०८० मा प्रकाशित

काठमाडौँ , मंसिर १७
सन् २०१९ मा पहिलो चलचित्र “बुलबुल” निर्देशन गरेर ९२ औं अस्कर अवार्डमा नेपालको तर्फवाट मनोनित एवं नेपाल सरकारले प्रदान गर्ने सर्वोत्कृष्ट निर्देशकको राष्ट्रिय चलचित्र पुरस्कार पाएका विनोद पौडेलले नयाँ चलचित्रको पोष्टर र नाम सार्वजनिक गरेका छन् ।

नेपालीमा ‘भूठान’ र अंग्रेजीमा ‘द वल्र्डस् ह्याप्पिएस्ट म्यान’ नाम रहेको यो चलचित्रको मुख्य भूमिकामा सर्वाधिक लोकप्रिय कलाकार हरिवंश आचार्य साथै दयाहाङ राइ, अनुराधा मजुमदार, पूजा चन्द –लामा , रिचा घिमिरे, जोएस पाण्डे, ,अदिति प्याकुरेल, टम क्रेन तथा विमल सुवेदी अनुवन्धित भएका छन् । यो चलचित्रमा हलिउडका एक नामुद कलाकारलाई पनि अनुवन्ध गर्न लागिएको छ तर हलिउडमा चलिरहेको फिल्मकर्मीहरुको आन्दोलन भर्खरै मात्र सकिएकोले केही समयमा टुंगो लाग्ने निर्माता मध्यका एक राजेन्द्र ठकुराठीले बताएका छन् । राजेन्द्र ठकुराठी हलिउड सिनेमाका एक प्रख्यात नाम हुन् । उनले अस्कर एकेडेमी अवार्डमा छानिएको Disney-Pixar film ‘ Onward’ ,20th Century Fox’s box office ‘Smash-hit Barbarian and Lionsgate’s fan favorite Detective Knight series  लगायत ५० भन्दा बढी हलिउडका चलचित्रमा सहकार्य गरिसकेका छन् ।

भुटान देखि भारत, नेपाल हुँदै अहिले अमेरिकामा बसोवास गरिरहेका भुटानीहरुको देशप्रेम र जीवन यात्राको कथा समेटेर बन्न लागेको यस चलचित्र भूठान ( द वल्र्डस् ह्याप्पिएस्ट म्यान्) सन् २०१९ मा वुसान फिल्म फेस्टिबलको स्कृप्ट पिचिङ्गमा समेत छानिएको थियो । त्यसपछि विश्वका हरेक देशले आत्मसात् गर्ने कथा, राम्रो लेखन र यस चलचित्र मार्फत नेपाल अन्तराष्ट्रिय बजारमा जानसक्ने सुझाव आएपछि, विभिन्न देशका समुहले यसमा हातेमालो गर्न तत्परता देखाए । यो दक्षिण एसियाको कथा भएको र भू–राजनिति पनि जोडिएको हुनाले भारतकै समूह र मुख्य भूमिकामा भारतका प्रसिद्घ कलाकारसँग काम गर्ने कुरा भयो। यसै सिलसिलामा नशीरुद्घिन शाह, आदिल हुसेन, अनुपम खेर, प्रसिद्घ साउण्ड डिजाइजनर विश्वदीप चटर्जी, ए. आर रहमान तथा चीन, अमेरीका र वेलायत बाट समेत कलाकाहरु जोडिने पक्का भए । अनुपम खेरले यस्तो राम्रो स्कृप्ट धेरै वर्षमा पढ्न पाएको भन्दै मुख्य भुमिकामा कम पारिश्रमिकमा पनि आफू काम गर्न तयार भएको जनाएपछि उनी लगायत केही कलाकारसँग कानुनी रुपमै संझौता पनि भयो र पहिलो किस्ता पारिश्रमिक पनि दिईयो । अनुपम खेरले, “द फिल्म इज लाइक अ क्लासिकल हलिउड” भनेका थिए । यो सबै अन्तराष्ट्रिय समन्वय र सहकार्य नेपाली नाट्य निर्देशक विमल सुवेदीले गरेका थिए । अहिले पनि विमलले यो चलचित्रमा निर्देशक पौडेललाई क्रियटिभ पाटोहरुमा सहयोग गरिरहेका छन् । तर जब विनोद, विमल र मुख्य पात्र अनुपम खेर स्कृप्ट रिडिङ सेसनमा वस्न थाले तब विनोदलाई अनुपम खेरले चरित्र र कथा वस्तुलाइ लिएर अलि बढि क्रियटिभ हस्तक्षप गरेको अनुभुती भयो । अनुपम खेर उनको चरित्र अलिकति वलिउड को चलनचल्तीको मान्यता अनुरुप एडप्ट गरी आफ्नो चरित्रलाइ लिएर नयाँ दृष्टिकोण दिन चाहन्थे । तर निर्देशक विनोद भने यो चलचित्र भारतीय फमुर्ला चलचित्र हेर्ने दर्शकको लागी मात्र नभएर विश्वबजारका लागि भएकोले वलिउड दर्शकको रुचीलाई मात्र ध्यान दिएर कथाकोे आत्मा र उक्त चरित्रको गहिराईमा संझौता गर्दा चलचित्रको दर्शन र लय बिग्रने हुँदा बरु संझौताको समयमा दिईएको पहिलो किस्ता वापतको रकम क्षतिपूर्ति स्वरुप अनुपम खेरवाट फिर्ता नलिने र पुनः भविष्यमा सहकार्य गर्ने आपसी समझदारीसहित अनुपम खेरसँगको गुपचुप अध्याय टुंगियो । अन्तत अनुपम खेरसँगको सहकार्य हाललाई नहुने र विश्वका केही प्रसिद्घ कलाकारहरु पनि उक्त समयमा अमेरिकामा भईरहेको कलाकारहरुको आन्दोलनले गर्दा अन्यौल भएपछि अन्तराष्ट्रिय ठूला लगानीकर्ताहरु पनि पन्छिए । त्यस पछि अहिले मुख्य भूमिकामा नेपालकै सम्मानित कलाकार हरिवंश आचार्यसहित नेपाल, अमेरिका र भारत सहितको समूह मिलेर चलचित्रको पूर्व तयारीमा जुटेको छ ।

निर्माता अविरल थापाले यो चलचित्र विश्वबजारको लागि बनाउन लागिएको र अन्तराष्ट्रिय चलचित्रको भिडमा यसले अलग्गै पहिचान कायम गर्नेमा आफु विश्वस्त रहेको बताए । कार्यकारी निर्माता एल. एन अधिकारी र अर्का निर्माता अमिताभ जोशीका अनुसार विश्वभरिका सम्पूर्ण प्लेटफर्महरुमा र सिनेमाहलहरुमा हलिउडकै वितरकको संग्लग्नतामा यस चलचित्रलाई प्रदर्शन गरिनेछ । चलचित्रकी कार्यकारी निर्माता कौशिला खनालले “भुटानी शरणर्थीहरुको कथा र संवेदनालाई लिएर विगत लामो समयदेखी अत्यन्तै मिहिन ढंगबाट लेखक एवं निर्देशक पौडेलले काम गरिरहेको देखेर यसमा जोडिएको बताइन्” । यस चलचित्रका लाईन प्रोड्युसर दीपक गजमेरका अनुसार, “हामी भुटानीको कथा अहिलेसम्म यति गहिराईबाट नलेखिएको र नभनिएकोले यो फिल्मले आफ्नो सिंगो समुदायको आवाजलाई विश्व बजारमा वुलन्द गर्नेमा आफ् विश्वस्त रहेको बताए” । यस चलचित्रमा सन् २०१७ मा हलिउडको ला ला ल्याण्ड चलचित्रमार्फत अस्कर अवार्ड जितेका निर्माता स्टार झाउ पनि एसोशियट निर्माताकोे रुपमा जोडिएका छन् । यस चलचित्रको प्रमुख निर्मातामा राजेन्द्र ठकुराठी,अमिताभ जोशी र चलचित्र बुलबुलकै निर्माता अविरल थापा रहनेछन् । साथै कार्यकारी निर्मातामा एल. एन अधिकारी र कौशिला खनाल कर्माचार्य छन् भने शैलेश मैनाली, दिपक दस्नामी, मनोरथ खनाल, रविन पोख्रेल, प्रदीप शर्मा (बडाईं) ,राजु पौडेल, संजीव भार श्रेष्ठ, नवराज पराजुलीको सह निर्माण रहनेछ । चलचित्रको सम्पूर्ण छायाँकन अमेरिकाको ओहायो राज्यमा हुनेछ भने यस चलचित्र नेपाली एवं अंग्रेजी भाषामा निर्माण हुनेछ । चलचित्रको छायाँकन सन् २०२४ को अन्तसम्म सकेर सन् २०२५ मा प्रदर्शनमा आईसक्नेछ ।

चलचित्रमा सुसन प्रजापतिको छायांकन, अन्जय खड्काको सम्पादन, डिकेश खडगी शाहीको ध्वनी, सुर्य शाहीको कास्टीङ्ग, उज्वल श्रेष्ठको पव्लिसिटि डिजाइन, विमल सुवेदीको प्रोडक्सन डिजाइन, बलिउडका प्रख्यात कला निर्देशक अन्जन गजुरेलको कला निर्देशन रहनेछ । किर्तना बाँस्कोटा, एलि वोहोरा, विशाल डोटेल, समुन्द्र राज घिमिरेले निर्देशनमा सहयोग गर्नेछन् ।

यस चलचित्रलाई अमेरिकाको म्याड मंकी फिल्मसले निर्माण गर्ने छ । साथै अमेरिकाकै डग इयर्ड फिक्चर्स र नेपालको अवेकन प्रोडक्सनले सहकार्य गर्नेछन् ।

आइतबार, मङि्सर १७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.