चितवन, पुष ७
नवलपुर र चितवन जोड्ने नारायणी नदीको पुलबाट हाम फालेकी एक महिलाको मृत्यु भएको छ । मृत्युहुनेमा धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका वडा नं. ५ घर भएकी ३१ बर्षिया संगिता कुमारी साह रहेको प्रहरीले जनाएको छ । शुक्रबार विहान पौने १२ वजे हाम फालेकी उनी गम्भिर घाइते भएकी थिईन । उनको सरकारी अस्पताल भरतपुरमा उपचारको क्रममा विहान मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।
महिला हाम फालेको भन्ने सुचना प्राप्त हुनासाथ प्रहरी निरिक्षकको कमाण्डमा विपद सहिदको प्रहरी टोलि र स्थानीय मोटर बोर्डद्वारा तत्काल उद्दार गरी उपचारको लागि सरकारी अस्पताल भरतपुर पठाईएको थियो । उनले के कारणले नदिमा हाम फालेको हो खुल्न नसकेको र अनुसन्धान भईरहेको चितवन प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया


