• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • २. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ३. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ६. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

सकियो रैथाने फुड फेस्टिबल, ३० हजार बढीले गरे अवलोकन

  •   बिहिबार, पुष १९, २०८० मा प्रकाशित

होटल व्यवसायी संघ चितवनको आयोजनामा नारायणगढको क्याम्पाचौरमा भएको रैथाने फुड फेस्टिबल तथा वृहत सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । बुधवार एक कार्यक्रमका बीच होटल व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष दिनेशकुमार चुकेले समापन गरेका हुन् । पुस १४ गतेदेखि १८ गतेसम्म सञ्चालन भएको फुड फेस्टिबल ३० हजार भन्दा बढी दर्शकले अवलोकन गरेको संघले जनाएको छ ।

फुड फेस्टिबलको समापन कार्यक्रममा बोल्दै होटल व्यवसायी महासंघको केन्द्रीय अध्यक्ष चुकेले नियमित रुपमा फुड फेस्टिबल आयोजना गर्न होटल व्यवसायी संघ चितवनलाई आग्रह गरे । ग्राहकलाई खाना खुवाउने व्यवसायीले नै बेला बखत फुड फेस्टिबल गर्नु राम्रो भएको भन्दै उनले संघले गरेको पहिलो प्रयास नै सफल भएको बताए । टिकट किनेरै फुड फेस्टिबलमा पुग्ने दर्शकको संख्या उल्लेख्य देखेको भन्दै उनले यसले व्यवसायीबीच आत्मियता पनि बढाएको बताए ।
उनले देशभरका करिब ८० हजार होटल तथा रेष्टुरेन्ट महासंघमा आबद्ध रहेको जानकारी दिए । आठ लाख भन्दा बढीलाई रोजगारी दिएको होटल व्यवसायमा तीन खर्बको लगानी रहेको उनले बताए । ‘नेपालको आन्तरिक तथा बाह्य पर्यटनलाई होटल व्यवसाय क्षेत्रले सघाएको छ । गुणस्तरीय सेवा प्रदान गराउनका लागि होटल व्यवसायीको आचारसंहिता पनि लागु भएको छ’, उनले भने ।

होटल व्यवसायी संघ चितवनका अध्यक्ष लोकनाथ भट्ट (कृष्ण)ले पहिलो पटक आयोजना गरिएको फुड फेस्टिबल सफल भएकोमा खुसी लागेको बताए । फुड फेस्टिबल सञ्चालनका क्रममा भएको कमि कमजोरी आगामी दिनमा हुन नदिने उनले प्रतिबद्धता पनि व्यक्त गरे । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर कार्की, भरतपुर महानगरपालिका वडा नं १ का अध्यक्ष केशव महर्जन, वडा नं २ का अध्यक्ष मनोज रानाभाट लगायत सहभागी थिए ।
होटल व्यवसायी संघ चितवनका उपाध्यक्ष जनक पौडेलको संयोजकत्वमा भएको फुड फेस्टिबलमा ३९ वटा स्टल थिए । फुड फेस्टिबलको लागि विभिन्न उपसमिति गठन गरिएको थियो । फुड फेस्टिबलमा पुस १५ र १६ गते टिकटको व्यवस्था गरिएको छ । फुड फेस्टिबलमा भएको आर्थिक कारोबार र खर्चको हिसावकिताब केहि दिनमा सार्वजनिक गरिने संघका सचिव कृष्ण महतोले जानकारी दिए । त्यसका लागि संघको कार्यसमितिको बैठक बस्दै छ ।

बिहिबार, पुष १९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • २.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ३.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

  • ६.
    शक्तिपीठमा भक्तजनको घुइँचो

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.