• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

उत्तर कोरियाली शासक किमका ५ रहस्य

  •   सोमबार, पुष २३, २०८० मा प्रकाशित

उत्तर कोरियाका शासक किम जङ-अन ४० वर्ष पुग्दैछन्। तर के यो साँच्चिकै हो?

उत्तर कोरियाली सर्वोच्च नेताको जन्मदिन ज्यानुअरी ८ मा भनेको ठानिएको छ। तर उनको वास्तविक जन्म मिति त्यही हो भन्नेमा सबैको एकमत छैन।

किम जङ-अनबारेको रहस्य यो एउटा कुरामा मात्रै सीमित भने छैन। सन् २०११ मा शक्तिमा आएका उत्तर कोरियाली तानाशाहबारे पाँच वटा अनुत्तरित प्रश्नबारे यहाँ चर्चा गर्दैछौँ।

उत्तर कोरियाका शासक किम जङ-अन ४० वर्ष पुग्दैछन्। तर के यो साँच्चिकै हो?

उत्तर कोरियाली सर्वोच्च नेताको जन्मदिन ज्यानुअरी ८ मा भनेको ठानिएको छ। तर उनको वास्तविक जन्म मिति त्यही हो भन्नेमा सबैको एकमत छैन।

किम जङ-अनबारेको रहस्य यो एउटा कुरामा मात्रै सीमित भने छैन। सन् २०११ मा शक्तिमा आएका उत्तर कोरियाली तानाशाहबारे पाँच वटा अनुत्तरित प्रश्नबारे यहाँ चर्चा गर्दैछौँ।

१. किम जङको जन्म

हामीलाई पनि उनी ठ्याक्कै कहिले जन्मिएका हुन् भन्ने थाहा छैन।

“उनी जन्मिएको साल सन् १९८२ हो, १९८३ हो वा १९८४ हो भन्नेबारे धेरै बहस भएका छन्” अक्सफर्ड विश्वविद्यालयस्थित राजनीति विषयका लेक्चरर एडवार्ड होवेल बीबीसीसँग भने।

उनी जन्मिएको भनिएको दिन ८ ज्यानुअरीमा यो कम्युनिस्ट देशमा नियमित काम हुन्छ। जबकि उनका पिता किम जङ-इलको जन्मदिन फेब्रुअरी १६लाई साइनिङ स्टार अर्थात् चम्किलो तारा दिवसको रूपमा मनाइने गरिएको छ।

छोरी नै किम जङ-अनकी सम्भावित उत्तराधिकारी : दक्षिण कोरियाली गुप्तचर निकाय
पुटिन र किम: ‘आवश्यकतापरेको बेलाका साथी’
उनका हजुरबुबा किम इल-सङको जन्मदिन अप्रिल १५ लाई पनि सूर्यको दिवस अर्थात् डे अफ द सन्‌का रूपमा मनाइन्छ।

त्यसो त उनको मात्रै नभएर उनको परिवारकै कैयौँ कुराहरू रहस्यमयी छन्।

उत्तर कोरिया विशेषज्ञ डा होवेल किमका सौतेनी भाइबारे धेरैलाई थाहा भएको र त्यसमध्ये एक जनाको सन् २०१७ मा मलेशियामा हत्या भएको बताउँछन्।

किम जङ-अनका बुवाका कम्तीमा चार जना श्रीमतीहरू रहेको ठानिएको थियो। तर उनको सम्बन्धबारे आम मानिसहरूलाई थाहा दिइएको थिएन।

किमकी आमा को योङ हुई जापानमा जन्मिएको र सन् १९६०को दशकमा नृत्याङ्गनाको रूपमा काम गर्न उत्तर कोरिया पुगेको बताइन्छ।

उनलाई किम जङ इलको परिवारका सबैले मन पराउने गरेको बताइन्छ।

किम योङ हुई सन् १९७३ मा जापान घुम्न जाँदा खिचेका तस्बिरहरू सन् २०१८ मा भेटिएका थिए।

कोरियन टाइम्सले जापानसँगको पारिवारिक पृष्ठभूमि र नृत्याङ्गनाको विगतका कारण उनीबारे उत्तर कोरियाले खासै प्रचार नगरेको विवरण प्रकाशन गरेको थियो।

“दोस्रो विश्वयुद्धमा कोरियाली प्रायद्वीप कब्जा गरेको जापानमा जन्मिएको भन्ने बित्तिकै त्यहाँको सामाजिक वर्गमा निम्न तहमा घटुवा हुन्छ। तर उनले किम जङ इलसँग विवाह गरेका कारण उनको जीवनशैली विलासी थियो,” होवेल भन्छन्।

२. किमकी श्रीमती 

यसबारेमा पनि हामी यकिनसाथ भन्न सक्दैनौँ। हामीलाई के थाहा छ भने उनकी श्रीमती रि सोल-जू नाम गरेकी छिन्। तर उनीहरूले कहिले विवाह गरेका हुन् भन्ने यकिनसाथ भन्न सकिँदैन।

उनीहरूको विवाह सन् २००९ मा भएको अनुमानहरू छन्।

तर कमरेड रि सोल-जू बारे धेरै कम जानकारी मात्रै सार्वजनिक भएका छन्। के उनी पूर्व गायिका हुन् र प्रस्तुतिका क्रममा किम आकर्षित भएका थिए?

उनको नामसँग मिल्ने एक जना उत्तर कोरियाली गायिका छिन्। तर किमकी श्रीमती र ती गायिका एउटै व्यक्ति हुन् वा फरक भन्नेबारे आधिकारिक पुष्टि भएको छैन।

गुप्तचर अधिकारीहरूलाई उद्धृत गर्दै एक जना सांसदले रि सोल-जूले सन् २००५ मा दक्षिण कोरिया भ्रमण गरेको आफूहरूले ठानेको बताएका छन्।

उनका अनुसार उनी एशियाली खेलकुद प्रतियोगितामा उत्तर कोरियाली खेलाडीहरूलाई हौसला दिने टोलीमा दक्षिण कोरिया गएकी थिइन्। उनले चीनमा गायनबारे अध्ययन गरेको पनि बताइएको छ।

उत्तर कोरियाले उनी किमकी श्रीमती भएको बाहेक कुनै पनि विवरण सार्वजनिक गरेको छैन।

३. किमका सन्तान

यो पनि निश्चय गर्न कठिन उनको पारिवारिक जानकारी हो।

सन् २०१६ मा रि सोल-जू सार्वजनिक रुसमा देखा नपरेपछि गर्भवती भएको अनुमान गरिएका थिए। तर यो कुरा उनको परिवारले कहिल्यै पुष्टि गरेन।

त्यसअघि सन् २०१० र २०१३ मा उनीहरूका सन्तान जन्मिएको विश्वास गरिन्छ।

तर तिनीहरूमध्ये कुनै छोरा हुन् वा होइनन् र उनका उत्तराधिकारी बन्छन् वा बन्दैनन् भन्ने प्रस्ट छैन। तर हामीलाई उनीहरूबारे केही हदसम्म भने जानकारी छ।

उत्तर कोरियाली नेता आफ्नी छोरी किम जू-‍एसँगै सार्वजनिक कार्यक्रममा देखा परेका छन्।

उनी किमकी दोस्रो सन्तान भएको ठानिएको छ। करिब १० वर्षकी ती बालिकाबारे हामीलाई के पनि थाहा छ भने उनी सन् २०२३ मा मात्रै कम्तीमा पाँच वटा सार्वजनिक कार्यक्रममा उपस्थित भइसकेकी छिन्।

“उनका सन्तानबारे सबै कुरा हामीलाई थाहा भएकै छैन” डा होवेल भन्छन्।

किमकी छोरीको नाम उनका साथीसमेत रहेका अमेरिकी पूर्व बास्केटबल खेलाडी डेनिस रोडम्यानले सन् २०१३ मा सार्वजनिक गरेका हुन्।

“उनका अरू पनि सन्तान छन् तर उनीहरूबारे खासै जानकारी छैन। उनीहरूकी आमा को हुन् भन्नेबारे पनि हामीलाई थाहा छैन,” उत्तर कोरिया विज्ञ होवेल भन्छन्।

किमले छोरी किम जू-‍एलाई आफ्नो उत्तराधिकारी बनाउन लागेको विश्लेषण भइरहेका छन्।

दक्षिण कोरियाली गुप्तचर निकायको दाबी पनि यही छ। तर डा होवेल किमले छोरी किम जू-‍एलाई उत्तराधिकारी बन्ने गरी हुर्काइरहेको विश्वास गर्दैनन्।

उनी अझै सानै छिन् र किमकी बहिनी किम यो जङ निकै प्रभावशाली छिन्।

उनी धेरै अनुभवी हुनुका साथै त्यहाँको सभ्रान्त वर्गसँग राम्रो सम्बन्ध स्थापित गरेकी छिन्। जसले उनलाई आफ्ना दाजुको उत्तराधिकारीको बलियो दाबेदार बनाएको छ।

“उत्तर कोरियाली नेता क्षेप्यास्त्र प्रक्षेपणमा, पार्टीहरूमा वा फुटबल खेलहरूमा पनि आफ्नी छोरीसँग देखा पर्ने गरेका छन्। उनले आफूलाई पारिवारिक मानिस र एक परोपकारी नेताको रूपमा देखाउन यसो गरेका हुन्,” होवेल भन्छन्।

४. देश गरिब तर विलासी जीवन 

आणविक अस्त्र र बलिस्टिक क्षेप्यास्त्रको निर्माण गरेका कारण उत्तर कोरिया र यहाँका नेताहरूले वर्षौँदेखि संयुक्त राष्ट्रसङ्घ र पश्चिमी देशहरूले लगाएको कडा प्रतिबन्धको सामना गर्दै आएका छन्।

तर होवेल प्रतिबन्धहरूबाट जोगिन किमले सक्दो प्रयास गरिरहेको बताउँछन्।

“यो देशसँग सत्ताले प्रयोग गर्नका लागि राखिएको ठूलो कोष छ। किम यसलाई कायमै राख्न चाहन्छन् र उनी आफू र आफ्नो परिवारले विलासी जीवन बिताउन् भन्ने चाहन्छन्,” उनी भन्छन्।

होवेलका बुझाइमा विश्वमा देशहरूको सञ्जाल छ जसले उत्तर कोरियालाई पैसा दिन चाहन्छ। उनी यस्तो पैसा अन्य सहयोगका नाममा पनि पुग्ने गरेको ठान्छन्।

“मानिसहरूले प्राय ठान्छन् कि उत्तर कोरिया बाँकी विश्वसँग सम्पर्क नभएको देश हो। यहाँ इन्टरनेट छैन। तर यो देशमा राज्यले सञ्चालन गरेको इन्टरनेट छ र साइबर युद्ध यो देशको एउटा महत्त्वपूर्ण रणनीति बनेको छ। किमको सत्ताले अरू देशको कम्प्युटर प्रणाली ह्याक गर्छ र आफ्नो देशको अर्थतन्त्र र आणविक कार्यक्रम सञ्चालनका लागि पैसा जुटाउँछ,” होवेलको दाबी छ।

५. जनताबारे कस्तो व्यवहार

सन् २०२० को एउटा सैन्य परेडको भाषणले हामीसामू उत्तर कोरियाली सर्वोच्च नेताको अर्को पाटो उजागर गरिदियो।

उनले आफ्ना फौजहरूलाई महामारी र त्यस समय भएका प्राकृतिक विपत्तिविरुद्ध गरेका प्रयासहरूका लागि धन्यवाद दिए।

देशले गरेको सङ्घर्षबारे चर्चा गर्ने क्रममा एउटा बिन्दुमा पुग्दा उनले आँसु पुछ्न थाले। यो उत्तर कोरियाली नेतामा प्रकट भएको भावुकपनको दुर्लभ दृश्य थियो।

कतिपय विश्लेषकहरूले देशले बढ्दो आर्थिक सङ्कटको सामना गर्दा पनि उनले नम्रता देखाउन खोजेको हुन सक्ने बताए।

यद्यपि उत्तर कोरियाली नेताको विलासी जीवनशैलीले यसको विपरीत सङ्केत दिन्छ।

उनका हजुरबुवा किम इल-सङले सुरु गरेको परम्परा पछ्याउँदै किम जङ-अनले पनि लामो यात्रा पनि विलासी रेलहरूमा गर्ने गरेका छन्।
सन् २००१ मा किमका हजुरबुवा किम इल-सङको सवारीमा साथी पठाइएका रुसी सैन्य कमान्डर कोन्स्टान्टिन पुलिकोफ्स्कीले उक्त यात्राको ‘सान’बारे आफ्नो संस्मरण ‘ओरिअन्ट एक्सप्रेस’ मा लेखेका छन्।

“त्यहाँ रुसी, चिनियाँ, कोरियाली, जापानी वा फ्रान्सेली सबै प्रकारका परिकार मगाउन सकिन्थ्यो,” उनले भनेका छन्। उक्त रेलमा फ्रान्समा उत्पादित मदिरा र विभिन्न परिकार उपलब्ध एउटा रेस्टुराँ पनि भएको बताइन्छ।

यो रेल र निजी विमानहरू लगायत विलासी यातायातका अन्य साधनहरूले उत्तर कोरियाली जनताको गरिब जीवनशैली र नेताको विलासी जीवनबारे एकदमै भिन्नता देखाउँछन्।

उत्तर कोरियाली जनताले खानाको अभावले आफ्ना छिमेकीहरू भोकभोकै मर्न थालेको बीबीसीसँग बताएका छन्।
विज्ञहरूले यो अवस्था सन् १९९०को दशकयताकै सबैभन्दा खराब भएको बताएका छन्।

यसले किमको प्राथमिकताबारे के जनाउँछ?

“उनी केवल आफ्नो शासन मात्र होइन आफ्नो दमनकारी र अत्याचारी नेतृत्व शैली पनि कायमै राख्न चाहन्छन्। उनले आफ्नो देशका २ करोड ६० लाख जनताको वास्ता गरेको देखिँदैन,” होवेल भन्छन्।

“उनलाई अगाडि बढ्नका लागि यही व्यवहारिक रणनीति हो भन्ने लाग्दो हो कि?”

बीबीसीबाट साभार

सोमबार, पुष २३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

१७३ मतसहित नेपाल संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित
रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते
डोको बुन्दै, सीप सिकाउँदै
ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज
हिउँ छिचोल्दै जोमसोम आइपुगे डोल्पाका भेडाच्याङ्ग्रा

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.