• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. शक्तिपीठमा भक्तजनको घुइँचो

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

भ्वाइस जितेपछि कोच मिलन र बिनोदको सांगीतिक सहकार्य सुरु

  •   शनिबार, पुष २८, २०८० मा प्रकाशित

‘भ्वाइस अफ नेपाल’को यात्रामा पहिलोपटक महिला कोचको जित भएको छ । कोच मिलन नेवारको समूहबाट बिनोद राईले सर्वाधिक मत ल्याउँदै पाँचौ सिजनको उपाधि जितेका छन् ।

जित लगत्तै कोच मिलन र बिनोदले अनलाइनखबरसँग संक्षिप्त कुरा गर्दै जितको खुशि साटेका छन् । उनीहरुले आजैदेखि दुईबीच सांगीतिक सहकार्य हुने समेत उल्लेख गरेका छन् । कोच मिलनले ब्लाइण्ड अडिसनदेखि नै आफू बिनोदको फ्यान रहेको बताएकी छन् ।

प्रस्तुत छ संवाद :

यो जितले तपाईंको सांगीतिक करिअरमा के अर्थ राख्छ ?

विनोद– धेरै अर्थ राख्छ । योग्य भएको छ । मैले संसार जितेसँग, जीवन पूर्ण भएजस्तो भएको छ । भित्र भित्रै एकदमै खुशिको माहोल बनिरहेको छ ।

कोचको रुपमा विनोदको जीतलाई कसरी लिनुहुन्छ ?

मिलन- भ्वाइस अफ नेपालको इतिहासमै पहिलोपटक महिला कोचले जितेको छ । त्यो भनेको टीम मिलन र बिनोद राई हुनुहुन्छ । एकदमै खुशि लागेको छ । ब्लाइण्ड अडिसनदेखि नै भनिँदै आएको थियो- एक नारी, सबैमाथि भारी ।’ त्यो कुरा साकार भएको छ अहिले । हामीले त्यो पुरा गर्न सक्यौं ।

फिनालेको दबाब कस्तो रह्यो ?

विनोद- जुनसुकै प्रतिस्पर्धामा पनि दबाब स्वभाविकरुपमा हुन्छ । यसले गर्दा, दबाब हुन्छ । प्रेसरलाई आफूले कसरी लिने भन्ने कुरा हो । प्रेसरलाई प्रेसरकै रुपमा लिँदा झन् बढेर जान्छ । यसलाई सहज रुपमा लिनुपर्छ भनेर जाँदा राम्रै हुन्छ । सहजरुपमा अघि बढाएँ ।

ब्लाइण्ड अडिसनदेखि फिनालेसम्म बिनोदजीको यात्रालाई कसरी मूल्यांकन गर्नुहुन्छ कोचको रुपमा ।

मिलन- सुरुदेखि नै बिनोद एकदमै ट्यालेन्टेड, उहाँको आवाज निकै रिच, ब्लाइण्डमा आवाज सुन्दा म एकदमै फ्यान भएको हुँ । त्यही भएर मैले कोचको तानातान हुँदा राजनराज शिवाकोटीलाई फोन गरेर एउटा गीत बनाइदिनु भनेँ । अलिकति लोभ पनि देखाउनुपर्‍यो (हाँस्दै) । यति राम्रो ट्यालेन्टलाई आफ्नो टीममा पक्कै पनि चाहन्थेँ । अझै उहाँसँग मिलेर काम गर्दा नयाँ एक्सपेरिमेन्ट गर्न सक्थेँ हुँला भन्ने मलाई लाग्थ्यो । किनकी, बुझ्दै जाँदा उहाँमा सरलता पाएँ । मैले उहाँमा देखेको- एउटा फ्लोमा बगिराख्ने, कतै केही नबिग्रने त्यही हिसाबको गायकी । ब्लाइण्डदेखि गाउँदै आउँदा गाउँदा बिग्रेको र शब्द बिग्रिएको देखिँन । लाइफमा केही कुरा हुन्छ, ती कुरालाई इग्नोर गर्नुपर्छ । गायनमा हुनुपर्ने अनुशासन, गायन सामथ्र्यदेखि लिएर सबै कुरा उहाँमा छ ।

यो जर्नीमा एकदमै धेरै दबाब भयो । म सबै कोचलाई दाजुहरु भन्छु । दाजुहरु मभन्दा धेरै सिनियर हुनुहुन्छ । फिमेल म एक्लै छु त्यहाँ । लायनहरुको बीचमा एउटा फिमेल लायन थियो । तीनजना लायनसँग भिड्नुपर्दा अप्ठ्यारो नै थियो धेरै ।

अबको सांगीतिक करिअरलाई कसरी अघि बढाउने बिचार छ ?

बिनोद- संगीतको क्षेत्रमा काम नै गर्ने हो । यसपछि अर्को प्रतिस्पर्धा सुरु हुँदैछ । वास्तविक प्रतिस्पर्धा त फिल्डमा हुन्छ । यो त एउटा टिभीमा देखिने कुरा हो । यसका लागि तयारी गर्नुपर्ने हुन्छ । राम्रो गीत गर्ने

मिलन- हाम्रो सहकार्य त सुरु भैसकेको छ । कोच गीतको क्रममा हामीले गाएको गीत त्यही थियो । नयाँ गीत हो । रेकर्ड भैसकेको गीत हो त्यो । सिनियरको हिसाबले पनि विनोदलाई के भन्न चाहन्छु भने- मेरो साथ उहाँलाई सँधै छ । कदममा कदम मिलाएर अघि बढ्नेछौं । उहाँले मेन्टेन गर्ने भन्ने चीज निरन्तरता हो । एउटा भनाई छ- कन्टिन्युटी र कन्ट्रिब्युसन सँधै हुनुपर्छ । हामी मिलेर अघि बढ्छौं ।

शनिबार, पुष २८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.