• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

रत्ननगर नगरपालिका चितवन जिल्लामै पहिलो वालमैत्री नगर बन्यो

  •   मङ्गलबार, चैत २२, २०७८ मा प्रकाशित

२२ चैत, चितवन – चितवनको रत्ननगर नगरपालिकालाई जिल्लामै पहिलो वालश्रम मुक्त तथा वालमैत्री नगर बनेको छ । ४२९ जना वालवालिकालाई श्रममुक्त गरी सो नगरपालिका वालमैत्री नगर बनेको हो । रत्ननगर जिल्लामा बालमैत्री नगर घोषणा हुने पहिलो नगर बनेकोे छ देशभरका स्थानीय तह मध्ये पाँचौं स्थानमा परेको छ ।

मंगलवार नगरपालिकाको प्राङगढमा आयोजित कार्यक्रममा वागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद खनालले सो नगरपालिकालाई वालश्रम मुक्त तथा बालमैत्री नगर घोषणा गरेका हुन । ६ बर्षको अबधिमा नगरभित्र रहेका ४२९ जना बालवालिकालाई श्रममुक्त नगरपालिकालाई वालमैत्री नगर घोषणा गरिएको मेयर नारायण वनले बताए । नगरपालिकालाई वालमैत्री घोषणा गर्नुपूर्व श्रममुक्त गरेका मध्ये २८९ जनालाई विद्यालय भर्ना गरेर शिक्षा दिएको छ भने १४० जनालाई सीपमुलक तालिम दिएर रोजगार बनाइएको मेयर वनले बताइ । २०६४ सालबाट २०६८ साल सम्म आइपुग्दा ५५८ जना वालश्रमिक रहेका सो नगरपालिकामा २०७३ सालमा त्यो संख्या कही घटेर ४२९ मा झरेको थियो । नगरपालिका भित्र वालश्रमिक छैनन् भन्ने सुनिश्चित गरी वालमैत्री घोषणाा गरिएको उपमेयर विमला दुवाडीले बताइन । घोषणा सभामा मन्त्री खनालले मेयर वनलाई प्रमाणपत्र हस्तान्तरण गरी रत्ननगर वालश्रम मुक्त भएको उद्घोष गरेका थिए ।

कार्यक्रममा जनप्रतिनिधि,कर्मचारी तथा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरुले वालश्रम विरुद्ध आवाज उठाउने,आफुले पनि प्रयोग नगर्ने र प्रयोग गर्नेलाई कानुनी कारबाहीको लागि पहल गर्न भन्दै प्रतिबद्धता पत्रमा हस्ताक्षर समेत गरेका छन् । कार्यक्रममा वालश्रम मुक्त भएका १६ वटै वडालाई प्रमाणपत्र,वालवालिकाको स्थितिपत्र सार्वजननिक तथा नगर स्तरीय वाल क्लव र वडा स्तरीय वाल क्लवहरुलाई खेलकुदका सामाग्री प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि मन्त्री खनालले वालश्रम मुक्त र वालमैत्री नगर घोषणाले वालवालिकाको जीवनमा परिर्वतन ल्याउने बताए । यो सामान्य किसिमको घोषणा होइन उनले भविश्यका कर्णधारहरुको भविश्य सुरक्षित गर्न गरिएको महत्वपूर्ण काम हो । मन्त्री खनालले बालअधिकारलाई राज्यले नीतिगत अंगको रुपमा लिएर काम गर्नुपर्ने र त्यसका लागि आफु प्रयत्नशिल रहने बताए । प्रदेश सभा साँसद कन्चन खनालले वालश्रम विरुद्ध आफुले प्रतिबद्धतामा हस्ताक्षर गरेको र बालश्रम विरुद्धका काम र अपराध गरेको पाइए खबरदारीसंगै कानुनी प्रक्रियाका लागि प्रयत्नशिल रहने बताइन । मेयर वनले आफ्नौ पछिल्लो पाँच बर्षे कार्यकालको महत्वपूर्ण काम वालमैत्री घोषणा रहेको बताए ।

कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल,सामाजिक विकास समितिका संयोजक केशव आचार्य,एमालेका नगर अध्यक्ष इश्वरी प्रसाद अर्याल,नेपाली काँग्रेसकी नगर सचिव अनिला अर्याल,माओवादी केन्द्रका नगर अध्यक्ष श्यामप्रसाद बराल,समाजबादी पार्टीका नगर अध्यक्ष बद्रिनाथ घिमिरे,रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठ,नगर स्तरीय बाल सञ्जालकी अध्यक्ष रोजिसा घिमिरे,अधिकारकर्मी नविना गुरुङ लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम महिला विकास अधिकृत दीपा घिमिरेले सञ्चालन गरेकी थिइन ।

मङ्गलबार, चैत २२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने
चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो
नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि
भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन
भरतपुरको राजमार्गसहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
चितवनमा दुई जातका अङ्गुरको परीक्षण

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.