मोडल भुवन के. पोखरेल र जुना कार्कीको अभिनय गीत ‘हे सानु’ सार्वजनिक भएको छ ।
गितमा नेपाली युवा विदेसिनु पर्दा उसको प्रेमीका र घरपरिवारमा पर्ने मार्मिक पिडा भिडियोले देखाएको छ । जसमा भुवन र जुनाको अभिनय सुहाउदो छ । गायक बिनोद दनुवारको स्वर रहेको गीतमा नवराज घिमिरेको शब्द तथा संगीत छ ।
युके इन्टरटेन्मेटले बाहिर ल्याएको भिडियो निकै मार्किक र मर्मस्पर्सी छ । भुवन पछिल्लो समय भिडियो र सिरियल अभिनयमा जमेका कलाकार हुन् । उनी टेलिसिरियल ‘भैरवी’बाट डाक्टर सापको रुपमा समेत चर्चित छन् ।
अहिलेसम्म दुई दर्जन बढी म्युजिक भिडियो तथा बिभिन्न टेलिसिरियलमा अभिनय गरेको भुवनले अभिनयबाट राम्रो प्रतिक्रिया पाइरहेका छन् । भिडियोको छायांकन, सम्पादन र निर्देशक प्रवेश पोखरेलले गरेका हुन् ।
तपाईको प्रतिक्रिया


