ज्यान मार्ने धम्की दिएर १५ लाख फिरौती रकम माग गर्ने तीन युवालाई चितवन प्रहरीले पक्राउ गरेको छ ।
भरतपुर–१ मा व्यवसाय गरेर बसेका करन गुप्तालाई बारम्बार एनसेलको विभिन्न नम्बरबाट फोन गरी १५ लाख रकम फिरौति माग गर्ने युवालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२१ बस्ने २७ वर्षिय सरोज सुनार, भरतपुर–१ बस्ने २६ वर्षिय दिपक वि.क. र भरतपुर– २६ बस्ने २५ वर्षिय सागर वि.क. रहेका छन् ।
उनीहरुले निरन्तर धम्की दिन थालेपछि गुप्ताले जिल्ला प्रहरी कार्यालय चितवनमा उजरी दिएका थिए । प्रहरी निरीक्षक उमाशंकर प्रसाद शाहको कमाण्डमा खटेको विशेष टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिएका छन् ।
उनीहरुलाई फिरौति रकम लिन आएको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेको उनिहरुलाई चितवन जिल्ला अदालतबाट आपराधिक षड्यन्त्र मुद्धा शिर्षकमा म्याद थप गरि आवश्यक अनुसन्धान भईरहेको चितवन प्रहरीजनाएको छ ।


