
यस्तै केहिअघि चारदाम युनिट धरानका नगरप्रमुख हर्क साम्पाङसहित वाटर रिजर्भ ट्यांकी फुस्रेमा भएको श्रमदानमा समेत सहभागी भएको थियो । यो फिल्मको यसअघि इटहरी, चक्रघट्टि र पोखरामा सफल रुपमा विशेष शो सम्पन्न गरिएको छ । कोशी भिजन फिल्म्स प्रालीको ब्यानरमा तामाङ जातीको लोप हुँदै गएको भाषा, लिपि, भेषभुषा, कला, संस्कार र संस्कृतीको संरक्षण तथा सम्बर्द्धन गर्ने उद्देश्य सहित निर्माण गरिएको फिल्म ‘चारदाम’को मोहन लोप्चन तामाङ प्रस्तुतकर्ता हुन् । चारदाम फिल्ममा लाखमान योन्जन तामाङको लेखन, निर्माण, अभिनय तथा निर्देशन रहेको छ ।

भोजपुर र सुनसरीको विभिन्न स्थानमा छायांकन गरिएको यो फिल्म ‘चारदाम’मा लाखमान योन्जन तामाङको अलावा सुकुमाया मोक्तान तामाङ, सुवास योन्जन तामाङ, मदन राई, शान्ती पाख्रीन, पुर्ण लिम्बू, मोहन लोप्चन, मेनुका राई, डम्बर कुमारी लिम्बू, कान्छा लामा, बाल कलाकार सुम्निमा तामाङ लगायत कलाकारहरुको अभिनय रहेको छ ।



