• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ९. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

आश्रममा हुर्किएकी अस्मितालाई कन्यादान दिदै आदर्श गृहले गर्दियो बिहे

  •   सोमबार, माघ २२, २०८० मा प्रकाशित

चितवन, २२ माघ
विगत आठ वर्षदेखि भरतपुरको आदर्श गृहको संरक्षणमा हुर्किएकी अस्मिता तिवारीको आइतबार धूमधामसँग विवाह भयो । विसं २०७२ मा बाँकेको कोहलपुरबाट ल्याएर आश्रयसँगै शिक्षादीक्षा दिएको संस्था आदर्श गृहले अस्मितालाई बेहुली बनाएर पठाएको हो ।

स्याङ्जाको वालिङ घर भई हाल भरतपुर–७ कृष्णपुरमा आफ्नै व्यवसाय सञ्चालन गर्दै आउनुभएका मणि सुवेदीसँग २३ वर्षिया अस्मिताको सनातनी परम्पराअनुसार विवाह गरिएको हो । आदर्श गृहकी संरक्षक एवं अधिकारकर्मी मीना खरेलले अस्मिताको कन्यादान दिनुभएको थियो । विवाहपछि खुसी हुँदै तिवारीले आदर्श गृहले जन्म दिने बाबुआमाले भन्दा पनि बढी जिम्मेवारी पूरा गरेको प्रतिकृया दिनुभयो ।

सानैमा आमा गुमाएकी अस्मिता बाबुआमाको संरक्षण बिना नै आफन्तको घरमा बस्दै गर्दा त्यहाँ पनि त्यति सहज महसुस नभएपछि उहाँ आदर्श गृहको आश्रयमा आउनुभएको थियो । भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसबाट व्यवस्थापन विषयमा कक्षा १२ उत्तीर्ण अस्मितालाई स्याङ्जाका सुवेदीले माग्न आएपछि सबैको सल्लहामा विवाह गरिदिएको आदर्श गृहकी संरक्षक मीना खरेलले बताउनुभयो । अस्मितासँग विवाह गर्नका लागि आदर्श गृहमा प्रस्ताव लिएर आउने सुवेदीको सबै कुराले आफूहरुलाई प्रभावित पारेपछि आदर्श गृहबाट नै अस्मितालाई अन्माएर पठाइएको खरेलको भनाइ छ ।

सुवेदीले अस्मितालाई आफूले देख्दा असल संस्कारी भएका कारण नै आफूले आफ्ना अभिभावक लिएर अस्मितालाई जीवन संगीनी बनाउनका लागि प्रस्ताव लिएर गएको बताउनुभयो । भरतपुरमै व्यवसाय गर्दै आउनुभएका सुवेदीले आफूले अस्मितालाई असल अभिभावकत्व दिने पनि बताउनुभयो । “उहाँ (नववेहुली) को अभिभावकको कुरा धेरै सुनेँ । मैले काम गर्ने ठाउँ भनेको अभिभावक नै अभिभावक भएको ठाउँ हो । उहाँलाई कुनै पनि अभिभावक नभएको महसुस गर्न दिँदिन । मैले पनि मेरो तर्फबाट दिने भूमिका सबै दिने प्रतिबद्धता गर्दछु”, उहाँले सबैसमक्ष प्रतिबद्धता गर्नुभयो ।

आदर्श गृहमा अहिले पनि ३२ जना महिला तथा किशोरीहरू आश्रित छन् । समुदायकै दाताहरूकै भरमा चलेको यो आश्रममा रहने महिलाहरुलाई विभिन्न आयआर्जनका सीप पनि सिकाइन्छ । अहिलेसम्म यो आश्रमले एक हजार एक सय ७६ जना महिला तथा किशोरीलाई समाजमा पुनःस्थापित गराइसकेको छ । जसमध्ये ४६ जनाको विवाह भैसकेको गृहकी संरक्षक खरेलले जानकारी दिनुभयो ।

आदर्श गृहबाटै धार्मिक परम्परा अनुसार मागी विवाह भएको यो नै पहिलो भएको पनि उहाँले जनाउनुभयो । अस्मिताको वैवाहिक समारोहमा उहाँलाई बधाई तथा सुखद् दाम्पत्य जीवनको शुभकामना व्यक्त गर्न सामाजिक अभियान्ता तथा राजनीतिकर्मीहरुको समेत उपस्थिति रहेको थियो । जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी, पूर्व सांसद विजय सुवेदी, रिना गुरुङ, कृष्णलाल सापकोटा, नेपाली काँग्रेस चितवनका सभापति राजेश्व खनालसहित विभिन्न वडाका वडाध्यक्ष, राजनीतिज्ञ, समाजसेवीहरुले वरबधूलाई शुभकामना प्रदान गरेका खरेलले बताउनुभयो ।

सोमबार, माघ २२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.