उदयपुर र खोटाङको सिमाना हुदै बग्ने सुनकोसी नदिमा र्याफ्टिगं सञ्चानल गरिएको भएको छ ।
उदयपुरको फोक्सिन्टार देखि धाप्लाङसम्मको १३ किलोमिटर र्याफटिङ संचालन गरिने भएको हो । फागुन १ देखि सुरु हुने दोस्रो प्रदेश महोत्सवमा र्याफटिङ संचालन गरिने जिल्ला होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष डेबिट बस्नेतले जानकारी दिनुभयो । जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ उदयपुरले फागुन १ गते देखि दोस्रो प्रदेश महोत्सवको आयोजना गर्दै । महोत्सवमा र्याफटिङ मनोरञ्जन लिनेहरुलाई मध्यनजर गर्दै संचालन गर्न लागिएको बस्नेतले जानकारी दिनुभयो ।
विश्वकै उत्कृष्ट १० “ह्वाइट वाटर र्याफटिङ” गन्तव्य भित्र सुनकोसी नदि पर्दछ । नेशनल जोग्राफी र ट्राभल डट अर्थले सुनकोसी नदिमा संचालन हुने ह्वाइट वाटर र्याफटिङलाई विश्वको उत्कृष्ट दश र त्यसमा पनि ७ औ नम्बरमा राखेको छ ।
विश्वभर गरिएको अध्यायन पछि नेशनल जोग्राफीले सन् २०१० मा सुनसकोसीमा संचालन गर्न सकिने र्याफटिङलाई उत्कृष्ट १० गनतव्यमा राखेको हो ।


