हेम्जामा एक महिने सारङ्गी प्रशिक्षण सम्पन्न भएको छ । गण्डकी प्रज्ञा–प्रतिष्ठानको आयोजना, हेम्जा साहित्य प्रतिष्ठानको सहकार्यमा कास्कीको गन्धर्व समुदायका २५ बालबालिकाको सहभागितामा प्रशिक्षण सम्पन्न भएको हो । स्थापित सारङ्गी बादक सम्मरबहादुर गायकले प्रशिक्षणको सहजीकरण गर्नु भएको थियो ।
प्रशिक्षणको समापन कार्यक्रममा गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव प्रकाश पौडेलले वैदिककालभन्दा अघि सारङ्गीको उत्पत्ति भएको बताउँदै एक तार हुँदै आज सारङ्गीको विकसित रूप चार तारसम्म आइपुगेको बताउनु भयो । ऐतिहासिक महत्त्व बोकेको सारङ्गी गन्धर्व समुदायसँग जोडिनु खुसीको कुरा भएको उहाँले जोडदिनु भयो ।
प्रशिक्षण गत पुस २७ गतेबाट सञ्चालन भएको थियो।
तपाईको प्रतिक्रिया


