भरतपुरमा हातखुट्टा नभएका व्यक्तिहरुलाई कृत्रिम हातखुट्टा प्रदान गर्ने सिसवर सञ्चालन भईरहेको छ ।
१४ दिनसम्म सञ्चालन हुने शिविरमा देशैभरबाट हातखुट्टा गुमाएका व्यक्तिहरुलाई हातखुट्टा प्रदान गर्दैछ । ६ वटा रोटरी क्लबले शनिबारदेखि सुरु गरेको सिविरमा हालसम्म ८० जना सम्पर्कमा आइसकेका छन् । अरू सम्पर्कमा आउने क्रम जारी रहेको कार्यक्रम संयोजक एवं रोटरी क्लब अफ नारायणी मीड टाउनका अध्यक्ष अर्पणा प्रधान भण्डारीले बताउनु भयो । भण्डारीका अनुसार उनीहरूलाई शिविरमा नै हातखुट्टा तयार गरेर प्रदान गर्ने कार्यक्रम रहेको छ । दुर्घटना, विभिन्न रोग र चोटका कारण हात वा खुट्टा गुमाएकालाई कृत्रिम हातखुट्टा उपलब्ध गराउन लागिएको हो ।
कार्यक्रममा रोटरी क्लब अफ वीरगञ्जका डा।शाश्वत प्रसादले कृत्रिम हातखुट्टाको प्राविधिक पक्षका बारेमा प्रकाश पार्नुभएको थियो । रोटरी क्लब अफ नारायणी मीड टाउन, रोटरी क्लब अफ नारायणगढ, रोटरी क्लब अफ भरतपुर, रोटरी क्लब अफ गैँडाकोट, रोटरी क्लब अफ पूर्वी चितवन र रोटरी क्लब अफ वीरगञ्जको आयोजनामा सञ्चालन भएको हो ।


