भरतपुर, २४ चैत । नयाँ वर्षको अवसरमा पटिहानी फुटबल क्लबले रक्तदान गर्ने भएको छ । बैशाख १ गते बिहान ७ बजे अम्ब्रेला स्ट्रिट भरतपुर २२, घट्गाईमा क्लबले रक्तदान कार्यक्रमको आयोजनाका गर्न लागेको हो ।
क्लबका अध्यक्ष पोष्टराज तिमल्सिनाका अनुसार क्लबको नियमित कार्यक्रम अन्तर्गत रक्तदान कार्यक्रम गर्न लागेको हो । पटिहानी फुटबल क्लबले पश्चिम चितवनमा खेलाडी उत्पादन र प्रशिक्षणमा जोड् दिदैँ आएको छ ।
तपाईको प्रतिक्रिया


