सिन्धुली, २४ चैत । देशैभरि स्थानिय निर्वाचनको नजिकिदै गर्दा उम्मेदवारी घोषणा गर्ने क्रम पनि बढेको छ ।नेपाली हास्य व्यग्यको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल कलाकार दिनेश काफ्ले सिन्धुली जिल्लाको कमलामाई नगरपालिका वडा न ८ बाट वडा अध्यक्ष पदमा चुनाब लड्ने भएका छन् ।
नेकपा (माओवादी केन्द्र) बाटकमलामाई नगरपालिका वडा न ८ बाट वडा अध्यक्ष पदको उम्मेद्बारीको लागि दिनेश काफ्ले सर्वसम्मतबाट चयन भएका हुन् । वडा सदस्यमा भने गठबन्धनका दलहरु संग सहकार्य गरेर अघि बढ्ने भेलाले निर्णय गरेको छ ।
राष्ट्रिय हास्य कलाकार, युवा व्यावसायि ,समाजसेवी दिनेश काफ्लेले सयौ कलाकार र नेताको दुरुस्तै आवाज निकाल्न सक्छन ।पछिलो समय काफ्ले जिल्लामा नै बसेर राजनीति मार्फत सक्रिय हुदै आएका थिए ।
तपाईको प्रतिक्रिया


