यही फागुन ११ देखि प्रदर्शन गरिने चलचित्र ‘गोर्खा वारियर’ दोस्रो ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक दोस्रो ट्रेलरमा पात्रको मानवीय र सामाजिक पक्षलाई शीर्ष कलाकारद्वय रितेश चाम्स र रेविका गुरुङको सम्बन्ध र उतारचढावलाई पर्दामा देख्न सकिन्छ। चलचित्रलाई निर्देशक मिलन चाम्सले निर्देशन गरेका हुन्।
सार्वजनिक ट्रेलरमा विजय लामा, रियर राई लगायतका सहायक चरित्र पनि देखिएका छन् । यो चलचित्रलाई यसअघि बेलायतको लण्डन र सुनसरीको धरानमा प्रिमियर गरिएको छ । सोमबार पोखरामा प्रियिमर हुँदैछ भने काठमाडौंमा बुधबार गर्ने तयारी छ । नेपालमा प्रदर्शन गर्नुअगाडि नै बेलायतमा प्रिमियर गरेर अन्तर्राष्ट्रियरूपमा चर्चामा छ।
सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथा प्रस्तुत गरिएको छ ।
निर्देशक चाम्सले चलचित्रमा सन् १९४९ को समय देखाउन उक्त समयमा युद्धमा प्रयोग भएका वस्तु नै विभिन्न सङ्ग्रहालयबाट ल्याएर प्रयोग गरिएको जानकारी दिए । यसमा मुख्य भूमिका निर्वाह गरेका अभिनेता रितेश चाम्स आफैँ पूर्वगोर्खा सैनिक भएता पनि चलचित्रका लागि विभिन्न प्रशिक्षण लिएको बताए ।
चलचित्र ‘गोर्खा वारियर’ मा सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथा प्रस्तुत गरिएको छ । चलचित्रमा विजय लामा, रेविका गुरुङ, शिशिर बाङ्देल, कविता आले, विरुप घले, सारा राईलगायत कलाकारको अभिनय रहेको छ । चलचित्रलाई रिच इन्टरटेन्मेन्टका करण श्रेष्ठले वितरण गर्दै छन् ।


