काठमाडौं , २४ चैत ।अभिनेत्री सुष्मा कार्कीले नौ लाखभन्दा बढी लाइक भएको प्रमाणित पेज नै उनले बिक्री गरेको खुलासा भएको छ ।कार्की सामाजिक सञ्जालबाट पूर्ण रुपमा बाहिरिएकी छन् । उनी सामाजिक सञ्जालबाट टाढा हुँदैछिन् भन्ने प्रमाण उनले भेरिफाइड पेज नै बिक्री गरेबाट पुष्टि हुन्छ ।
उनले यतिसम्मकी भेरिफाइड इन्स्टाग्रामबाट सबै तस्वीर डिलेट गरेकी छन् ।फेसबुकले आधिकारिक खाताको रुपमा पुष्टि गरेको उनको फेसबुक पेज र युजरनेम परिवर्तन भएपनि भेरिफाइड ब्याज चाहिं हटेको छैन । यसबारे कुरा गर्दा सुष्माले आफ्नो भेरिफाइड पेज अरुको चासोको विषय बन्न नसक्ने जवाफ दिएकी छन्।
५७ हजार फलोअर्स रहेको इन्स्टाग्रामबाट सुष्माले सबै तस्वीर हटाएकी छन् । तर इन्स्टामा उनको भेरिफाइड एकाउन्ट कायमै छ ।
तपाईको प्रतिक्रिया


