• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ७. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ८. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

आजबाट १२० सिनेमा हलमा गोर्खा वारियर रिलिज, सबैठाउँमा दर्शकको साथ

  •   शुक्रबार, फागुन ११, २०८० मा प्रकाशित

काठमाडौं, ११ फागुन
ऐतिहाँसिक नेपाली अन्तराष्ट्रिय चलचित्र गोर्खा वारियर आज फागुन ११ गते शुक्रवारबाट देशका देशका १ सय २० भन्दा बढी सिनेमा हलबाट प्रदर्शनमा आएको छ । नेपाली, हिन्दी, अँग्रेजी र कोरियन सहित चार भाषामा बनेको यो चलचित्रको नेपाली संस्करण आजबाट प्रदर्शनमा आएको हो ।
शुक्रबार बिहानैबाट फिल्मको व्यापार निकै राम्रो रहेको यसका निर्देशक मिलन चाम्सले जानकारी गराएका छन्,‘बिहानको शोमा केही ठाउँ हाउसफुल भयो भने केही ठाउँमा ८०÷९० प्रतिसतको अक्युपेन्सी रहेको छ । ११ बजेको शोको बुकिङ पनि अत्यन्त राम्रो छ ।’ निर्देशक मिलन चाम्सले भने । ऐतिहासिक अन्तर्राष्ट्रिय चलचित्र गोर्खा वारियरको दुई वटा ट्रेलरले पनि दर्शकबाट सुखद प्रतिक्रिया प्राप्त भईरहेको यसका निर्देशक चाम्सले बताएका छन् ।


बृटिश गोर्खा लाहुरको बाहुल्यता रहेको शहरहरु बिर्तामोड, धरान, नारायणघाट, पोखरा, दमौलीसहित काठमाडौंको क्युएफएक्स सभिल, क्युएफएक्स लाबिम, बिग, एफक्युब, वान सिनेमाज, आईएनएलगायतका सिनेमा हलमा हाउसफुलको अबस्था रहेको यसका वितरण सँयोजक करण क्रेजीले बताएका छन् ।

ललितपुर क्षेत्रमा रहेका राई लिम्बु समुदायका करिब ६०० जनाले शुक्रबार ११ बजे ललितपुरको जाउलाखेल स्थित चिडिया खाना क्षेत्रबाट गोर्खा वारियरको समर्थनमा यो चलचित्रको ब्यानर बोकेर आफ्नो भुषभुसा र गाजाबाजा सहित फिल्म हेर्ने आह्वान सहितको र्याली निकालेका थिए । सो र्याली लबिम मलमा गएर टुँगिएको थियो । र्यालीपछि कतीपय दर्शकले पहिलो शोमा टिकट नपाएपछि दोश्रो शोको लागि फिल्म कुरिरहेको बताए । केही दर्शक भने अन्य हलमा सिनेमा हेर्न गएका थिए ।


यो चलचित्रको बुधबार मात्र काठमाडौंको बिग मूभिजमा बृहत रेक कार्पेट प्रिमियर गरिएको थियो । जसमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, संस्कृति मन्त्री सुदन किराती, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन, अभिनेता हरिबँश आचार्यदेखि विभिन्न चलचित्रकर्मी, सञ्चारकर्मी, संघ संस्थाका पदाधिकारी एवम् सेलिब्रेटीहरुले यो चलचित्र हेरेर निकै राम्रो प्रतिक्रिया दिए । त्यस अघि ५ फागुनमा धरानमा गरिएको प्रिमियर र ७ फागुनमा पोखरामा गरिएको प्रिमियरबाट पनि सिनेमाले सुखद र प्रसँसनीय प्रतिक्रिया पाएको छ ।

यो फिल्मको पहिलो अन्तराष्ट्रिय रेड कार्पेट प्रीमियर गत भदौमा लण्डनस्थित विश्वकै प्रतिष्ठित ‘आइम्याक्स सिनेवर्ल्डमा गरिएको थियो । उक्त हलमा प्रीमियर हुने ‘गोर्खा वारियर’ पहिलो नेपाली फिल्म हो । यो चलचित्रको कोरियाको लागि कोरियन र हिन्दी बाहेक अन्य विश्व बजारका लागि अमेरिकन कम्पनीले किनी सकेका कारण चलचित्र गोर्खा वारियर अबको ७ वर्षसम्म युट्युवमा रिलिज नहुने पनि यसका निर्देशक चाम्सले जानकारी गराएका छन् ।

यो चलचित्रमा क्याप्टेन रितेश चाम्स, क्याप्टेन विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायत कलाकारले अभिनय गरेका छन् । यो फिल्मको गीत शैलेन्द्र खनाल ‘शरद’ ले लेखेका हुन भने एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन रहेको छ । फिल्मलाई राजेन्द्र मोक्तानको रंग संयोजन गरेका छन् । यो फिल्ममा हिमाल केसीको द्वन्द निर्देशन, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डीओपी छ ।

 

लण्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको यो फिल्मको निर्मातामा सुमन राई र सुस्मिता वाइवा छन् भने कार्यकारी निर्मातामा प्रशान्त थापा र सह–निर्मातामा रूपमा सुरेश राई छन् ।

शुक्रबार, फागुन ११, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

भर्खरै

  • १.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • २.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ३.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ४.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ५.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ६.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ७.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ८.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.