काठमाडौं ,२३ चैत्र । पल शाह प्रकरणमा विवादम परेका गायक तथा मोडल दुर्गेश थापालाई केही महोत्सवबाट समेत हटाइएको थियो । अहिले उनी फिल्म ‘ए मेरो हजुर ४’बाट पनि हट्ने चर्चा चलेको छ । दुर्गेशको कारण फिल्म विवादमा नपरोस् भनेर निर्माण युनिटले हटाउन लागेको बताइन्छ ।
‘ए मेरो हजुर ४’ले फिल्ममा रहेको दुर्गेशको डेढ मिनेट लामो केमियो दृश्यलाई हटाएको छ ।निर्माता सुनिलकुमार थापाले वर्तमान परिस्थितिलाई ध्यान दिंदै दुर्गेशको दृश्य हटाइएको बताए ।उक्त दृश्य हटाउँदा पनि फिल्मलाई केही फरक नपर्ने निर्माण युनिटले जनाएको छ ।
‘दुर्गेशको फिल्ममा सानो भुमिका हो । उनी भएपनि नभएपनि केही फरक पर्दैन’ थापाले भने ‘ पिःल्मको लागि हिजो एक र्याप गीत राख्ने भएपछि दुर्गेश हटाइएको हल्ला भएको छ ।’ दुर्गेशको बिषयमा केही दिनमा निर्णय हुने निर्माता थापाको भनाई रहेको छ ।
१ वैशाखबाट प्रदर्शनमा आउँने फिल्ममा सुहानाको अलवा अनमोल केसीको मुख्य भुमिका रहेको छ । अभिनेत्री झरना थापाको निर्देशन रहेको फिल्म उनकै श्रीमान् सुनिल कुमार थापाले निर्माण गरेका हुन् ।


