• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ९. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

चौथो राष्ट्रिय साधना म्युजिक रिवार्ड २०८० सम्पन्न, २३ विधामा रिवार्ड प्रदान

  •   बिहिबार, फागुन १७, २०८० मा प्रकाशित

चौथो राष्ट्रिय साधना म्युजिक रिवार्ड २०८० सम्पन्न भएको छ । नियमित रुपमा हरेक वर्ष आयोजना गरिदै आएको राष्ट्रिय साधना म्युजिक रिवार्ड नेपालको पहिलो रिवार्ड हो । पहिलो र दोश्रो अवार्डकै रुपमा रहेपनि तेश्रोबाट रिवार्ड भएको साधना म्युजिक रिवार्ड, यसपटक विभिन्न २३ विधामा अवार्ड प्रदान गर्दै सकिएको छ । सामना म्युजिक क्रियशनको आयोजनामा गरिदै आएको रिवार्ड कार्यक्रममा सभापतित्व क्रियशनकी अध्यक्ष सामना साहले गरेकि थिईन् भने कार्यक्रमको प्रमुख अतिथि चलचित्र विकाश बोर्डका अध्यक्ष तथा सदावहार नायक भुवन के.सी थिए । रिवार्ड कार्यक्रम २३ विधामा रिवार्ड प्रदान गरिएको छ ।


कार्यक्रममा लोकदोहोरी विधा तर्फ सर्वोत्कृष्ट लोकगीत शम्भु कुंवरको माईली, शब्दमा सन्तोष केसीको घर कहाँ हो बैनीको, सर्वोत्कृष्ट लय प्रितम पोख्रेलको मुसी, सर्वोत्कृष्ट गायक डाँडैको टुनीबाट अर्जुन सापकोटा, सर्वोत्कृष्ट गायिका पछेउरी शाटनको बाट नलिना परियार, सर्वोत्कृष्ट पुरुष मोडल अभिनयमा बरै बाट विराज विष्ट, सर्वोत्कृष्ट महिला मोडल अभिनयमा तिम्रो घरमा मेरी छोरीबाट टिका जैशी, सर्वोत्कृष्ट पुरुष मोडल नृत्यमा उपहार रातो सल बाट रविन सिंह ठकुरी, सर्वोत्कृष्ट महिला मोडल नृत्यमा आरुषि मगरले रिवार्ड प्राप्त गर्न सफल भएका छन् ।
कार्यक्रममा आधुनिक पप÷पप विधा तर्फ सर्वोत्कृष्ट शब्द रचनामा मायाको डोरीबाट विपिन किरण, सर्वोत्कृष्ट संगीतमा पिडाबाट सरोज कोईराला, सर्वोत्कृष्ट गायकमा नखराबाट डेविट शंकर, सर्वोत्कृष्ट गायिकामा साँन्बाबु बाट प्रतिमा के.सी, सर्वोत्कृष्ट मोडल पुरुषमा यो मायामा खोटबाट विक्रम बुढाथोकी, सर्वोत्कृष्ट मोडल महिला आँधी रातबाट निरुता शाही, सर्वोत्कृष्ट भिडियो निर्देशकमा आँधी रातबाट श्रृजन बरालले रिवार्ड प्राप्त गर्न सफल भएका छन् ।


त्यस्तै कार्यक्रममा सर्वोत्कृष्ट छायाँकार भिरमाहुरीबाट दुर्गा पौडेल, सर्वोत्कृष्ट भिडियो सम्पादकमा सोल्टी बजार बाट अमृत चापागाई, सर्वोत्कृष्ट एरेन्जरमा भन साईलाबाट विश्वास नेपालले प्राप्त गरेका छन् ।
त्यस्तै रिवार्ड कार्यक्रममा पब्लीक च्वाईस अवार्ड एक दिन उज्यालो छाउलाबाट गोविन्द मधुर आचार्य, जुरी अवार्ड मोडल अभिनय नुनको भारीबाट सरस्वती खत्री, जुरी अवार्ड मोडल नृत्यमा फुलफुल्यो अमलाबाट सिम्रन दुलाल, पब्लीक च्वाईस भिडियो निर्देशकमा एक दिन उज्यालो छाउलाबाट काजीश श्रेष्ठले प्राप्त गरेका छन् ।
रिवार्ड कार्यक्रममा यस पटक बरिष्ठ संगीतकार मेलोडी किङ शम्भुजीत बाँसकोटालाई प्रदान गरिएको थियो । सम्मान प्राप्त गरेपछि आफुलाई मुल्याँकन गरेकोमा बाँस्कोटाले खुशी ब्यक्त गरे ।
रिवार्ड कार्यक्रममा विभिन्न सम्मानहरु पनि प्रदान गरिएको थियो । र्याप गायक भरत समारीलाई साधना संगीतकर्मी सम्मान, कलाकार मोडल विजेन्द्र नौवागेलाई साधना कला सम्मान, लोक सञ्चारकर्मि चन्द्रमणी गौतमलाई साधना लोक सञ्चाकर्मी पत्रकारिता सम्मान, बरिष्ठ साहित्यकार दामोदर पुडाशैनी किशोरलाई साधना विशिष्ट साहित्य सम्मान, सञ्चाकर्मी गोमा परियारलार्इं साधना सञ्चारकर्मी सम्मान, सञ्चारकर्मी कमला जोशीलाई साधना रंगपत्रकारिता सम्मान, फेशन डिजाईनर कोपिला सुनारलाई साधना फेशन डिजाईनर सम्मान, गायक तथा संगीतकार नवराज ढुङ्गानालाई संगतिकर्मी सम्मान, सर्जन सर्जक डा. प्रकाश पौडेललाई साधना गीतकार सम्मान, कलाकार मोडल प्रमिता राजघतानीलाई साधना कला सम्मान, मेकअप आर्टिष्ट प्रशिक्षक संगीता रानालाई साधना सौन्दर्यकर्मी सम्मान तथा कलाकार मोडल साया भण्डारीलाई साधना कला सम्मान प्रदान गरिएको थियो ।
कार्यक्रममा जुरीका रुपमा गायिका सरु गौतम, गायिका कालीका रोक्कामगर एवं मोडल सञ्जु न्यौपानेलाई प्रमाण पत्र प्रदान गरिएको थियो भने सोविता सुर्खेती, पुष्पा परियार, सपना शाही, उमेश लम्साल आदीलाई कदरपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि चलचित्र विकाश वोर्डका अध्यक्ष भुवन केसीले शुभकामना दिदै रिवार्ड कार्यक्रमले कलाकारहरुलाई प्रोत्साहन गर्ने बताए । चलचित्र विकासबोर्डबाट संगीत एवं अवार्ड कार्यक्रमलाई पनि प्रोत्साहन गर्न छलफल भईरहेको बताए । कार्यक्रमका विशिष्ठ अतिथि एवं आवाजको दुनियाँको साथी दिनेश डि.सीले शुभकामना दिदै यस्ता रिवार्ड कार्यक्रमले संगीतकर्मको समेत विकाश हुने चर्चा गरे । बरिष्ठ सञ्चारकर्मी एवं रिवार्डका सल्लाहकार शान्तिप्रियले स्वागत मन्तव्य राख्दै पछिल्लो समयमा अवार्डहरु हल्का भएको र अव अवार्डलाई मर्यादित बनाउनु पर्ने एवं रिवार्ड त्यसैको सन्देश भएको बताए ।
कार्यक्रममा अतिथिका रुपमा गायक सिताराम पोख्रेल, निर्देशक माधव राज खरेल, अभिनेता गजित विष्ट, बरिष्ठ चलचित्र सम्पादक नरेन्द्र खड्का, गीतकार रामचन्द्र ढकाल, सञ्चारकर्मी सुमन बैरागी, सञ्चारकर्मी डब्बु क्षेत्री, गायिका सीता के.सी, चलचित्र पत्रकार संघका अध्यक्ष समिर बलामी आदी रहेका थिए भने कार्यक्रमको संचालन दीपज्योति थापाले गरेकी थिइन ।

 

बिहिबार, फागुन १७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.