संचार तथा सूचना प्रबिधि मन्त्री रेखा शर्माले चलचित्र ‘सतीदेवी’ प्रति चासो व्यक्त गर्नु भएको छ ।
उहाँले नेपालमा यस प्रकारका मौलिक, यथार्थपरक चलचित्र निर्माणमा जोड दिनुपर्ने बताउनु भयो । मन्त्री शर्मा र ‘सतीदेवी’ का लेखक, निर्माता, निर्देशक लक्ष्मण सुवेदीबीच बुधबार मन्त्रीकै कार्यकक्ष, सिंहदरवारमा भएको भेटघाटमा नेपाली चलचित्रको बिकास, बिस्तार र श्रीबृद्धिका लागि मौलिक कथा प्रस्तुतिमा जोड दिनुपर्ने मन्त्री शर्माको राय थियो । मन्त्री शर्माले चलचित्र ‘सतीदेवी’ नारी प्रदान, मौलिक कथामा निर्माण भएको सुनेकाले आफूलाई रुचि लागेको बताउनु भयो ।
निर्देशक सुवेदीले मन्त्री शर्मालाई आफ्नो चलचित्रको बिषयबस्तुको बारेमा बिस्तृतमा ब्याख्या गरेका थिए । मन्त्री शर्माले ‘सतीदेवी’ चलचित्र बारे निकै अभिरुचिका साथ सुनेर यस प्रकारका मौलिकता बोकेका नेपालीपनयुक्त चलचित्रलाई राज्यले बिशेष रुपले सहयोग गर्ने प्रतिबद्धता जनाएको निर्देशक सुवेदीले जानकारि दिनु भयो । मन्त्री शर्माले आफू सधै नेपाली चलचित्रको गुणस्तरिय र ब्याबसायिक बिकासको पक्षमा रहेको जोड दिदै छिट्टै नै चलचित्र ऐन लागू गर्न आफू लागीपरेको बताउनु भयो ।
संचारमन्त्री शर्माले आफ्नो चलचित्रप्रति दिएको अभिरुचि र सहायताको प्रतिबद्धताबाट आफू निकै प्रफुल्लीत र प्रेरित भएको निर्देशक सुवेदीले बताउनु भयो । उहाँले मन्त्री शर्मा नेपाली चलचित्र र चलचित्रकर्मीको समुन्नतीका लागि केही गरौं भन्ने भावनायुक्त पाएको बताउदै मन्त्री शर्माले समग्र चलचित्र क्षेत्रको जिम्मेवारीपूर्ण अभिभावकत्व बहन गरेको उल्लेख गर्नु भयो ।


