भरतपुरमा बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ।
भरतपुरबाट माडीतर्फ जाँदै गरेको ना ४ ख ५८१५ नम्बरको बसले १० वर्षीय आरूष पौडेललाई जेब्राक्रसिङबाट बाटो काट्दै गरेका बेला ठक्कर दिएको हो।
सोमबार राति ८ बजेतिर भरतपुर -७ माच्छापुच्छ्रे चोक नजिकै सडकको जेब्राक्रसिङमा हिँडिरहेका बालकलाई बसले ठक्कर दिएको डिएसपी श्रीराम भण्डारीले जानकारी दिएका छन्।
ठक्कर दिएपछि बस कुदाएर भागेका माडी नगरपालिका -८ बस्ने चालक विकास सार्कीलाई सीताराम चोक पुगेपछि प्रहरीले नियन्त्रणमा लिएको हो।
घटनामा बसमा सवार भरतपुर ७ बस्ने २१ वर्षीया कोपिला राई पनि घाइते भएकी छन्।
तपाईको प्रतिक्रिया


