‘अन्तर्राष्ट्रिय मेयर अवार्ड’ ग्रहण गर्न चितवन भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल लन्डन पुग्नु भएको छ ।
उहाँले पाउन लागेको ‘अन्तर्राष्ट्रिय मेयर अवार्ड’ वितरण समारोह बिहीबार साँझ लन्डनस्थित बेलायती संसद भवनमा हुँदैछ । मेयर दाहाललाई विमानस्थलमा लन्डन दूतावासकी उपनियोग प्रमुख रोशन खनाल, एनआरएनए युके अध्यक्ष हित काजी गुरुङले स्वागत गरेका थिए ।
लन्डन उत्रिएकै दिन मंगलबार बेलुका मेयर दाहाल एनआरएनए युकेले अल्डरसटमा आयोजना गरेको नारी दिवस कार्यक्रममा सहभागी हुनुभएको छ ।
यसका साथै मेयर दाहालले शुक्रबार साँझ दाहालले लण्डनको रोयल ग्रीनवीच बरोमा र आइतबार नेकपा माओवादीनिकट जनप्रगतिशील मञ्च युकेसँग अन्तरक्रिया कार्यक्रम तय भएको छ ।
तपाईको प्रतिक्रिया


