• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

‘प्रथम आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारिक महोत्सव–२०८०’ को तयारी तीव्र

  •   बिहिबार, चैत ०१, २०८० मा प्रकाशित

भरतपुर ,चैत्र १
नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद् चितवनले ‘प्रथम आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारिक महोत्सव–२०८०’ को तयारी तीव्र पारेको छ। महासंघले यही चैत ९ देखि १८ गतेसम्म नारायणी नदी किनारमा हुन लागेको महोत्सवको स्थलगत प्रचारप्रसारसँगै स्टल निर्माणको कामलाई तीव्रता दिएको हो। महासंघलाई महोत्सवको तयारी गर्ने समय कम रहेकोले पनि तीव्र गतिमा तयारी गर्नुपर्ने बाध्यता छ।सोहीअनुरूप ठाउँठाउँमा प्रचारसामग्री पुर्‍याउने काम भइरहेको महोत्सव मूल समारोह समितिका संयोजक महेन्द्र दुराले जानकारी दिए।

यही क्रममा महासंघका अध्यक्ष दुरासहितको एक टोली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निम्तो गर्न काठमाडौँ गएको छ। चैत ९ गते हुने महोत्सवको उद्घाटनको लागि प्रधानमन्त्रीलाई निमन्त्रणा गर्न टोली नै काठमाडौँ गएको हो।

आदिवासी जनजाति समुदायको साँस्कृतिक पहिचानलाई विश्वव्यापी प्रचारप्रसार गराउने उद्देश्यले चितवन जिल्लाले पहिलोपटक महोत्सव आयोजना गर्न लागेको हो। करिब ४० जाति आदिवासी जनजाति समुदायको बसोबास रहेको चितवन जिल्लामा हाल १७ जाति संगठित भएका छन्। संगठित हुन बाँकी जातिलाई पनि संगठित बनाइ महोत्सवको तयारीमा जुटिरहेको आयोजक संस्थाका अध्यक्षसमेत रहेका महोत्सव मूल समारोह समितिका संयोजक दुराले जानकारी दिए।

आदिवासी जनजाति समुदायको परिसर र करिब ३५० वटा व्यापारिक प्रदर्शनी कक्ष रहने महोत्सवले भरतपुर भ्रमण वर्षलाई समेत टेवा पुर्‍याउने विश्वास लिइएको छ। भरतपुर महानगरपालिकाले तय गरेको ‘घुमौं भरतपुर’लाई सार्थत तुल्याउन महोत्सवले ठूलो भूमिका खेल्ने आयोजकको दाबी छ। प्रथम आदिवासी जनजाति साँस्कृतिक महोत्सव चितवनमा हुँदै आएको अन्य महोत्सवभन्दा फरक रहेको पनि महोत्सव मूल समारोह समितिले जनाएको छ।

‘किनकि यो महोत्सवले चितवनमा बसोबास गर्ने आदिवासी जनजाति समुदायको संस्कृति र पहिचान बोकेको छ। त्यसकारण पनि यो महोत्सवको भूमिका फरक छ,’ मूल समारोह समितिका संयोजक दुराले भने। मनोरञ्जनसँगै पर्यटन प्रवर्द्वन, कृषि उपजको उत्पादन र बजारीकरण तथा व्यावार व्यवसायलाई थप चलायमान गराउनको लागि महोत्सवले विशेष भूमिका खेल्ने उनको भनाइ छ।

महोत्सव अवधिभर चितवन जिल्लामा बसोबास गर्दै आएका आदिवासी जनजातिको साँस्कृतिक पहिचानलाई प्रदर्शन गर्ने महोत्सवका आर्थिक समिति संयोजक पवन गुरूङले जानकारी दिए। ‘हरेक दिन आदिवासी जनजातिका फरकफरक साँस्कृतिक कार्यक्रम देख्न पाउनुहुनेछ,’ उनले भने, ‘त्यसबाहेक बजारको मागअनुसार ख्यातिप्राप्त कलाकारहरूको प्रस्तुति पनि हुने नै छ।’

आदिवासी जनजातिको संस्कृति संरक्षण गर्नुपर्ने अवस्थामा आइपुगेको हुँदा महोत्सवमार्फत संरक्षणमा टेवा पुर्‍याउने प्रयास गरिएको उनले बताए। करिब ८० लाख रूपैयाँ खर्च र एक करोड रूपैयाँ कारोबार गर्ने अनुमान गरिएको महोत्सवलाई सफल पार्न जिल्लामा संगठित भएका जातीय संघसंस्थालाई समेत अनुरोध गरिएको छ।

बिहिबार, चैत ०१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • २.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ३.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ४.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ५.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ६.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ७.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ८.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.