गत शुक्रवारदेखि प्रदर्शनमा आएको फिल्म हो ‘रङ्गेली’ । सफलताका साथ प्रदर्शनरत फिल्मको नयाँ गीत ‘फूल ओइलिएर’ सार्वजनिक भएको छ । निर्माण युनिटले फिल्म रिलिज भएको एकसाता पछि गीत युट्युबमा रिलिज गरेको हो ।
सुशान्त गौतमको स्वर तथा सङ्गीत रहेको गीतमा फिल्मका निर्देशक अर्जुन सुवेदीकै शब्द छ । गीतमा अभिनेता दयाहाङ र अभिनेत्री मिरुना देखिएका छन् ।
अभिनेता दयाहाङ राईलाई एकै प्रकारका चरित्रमा देखिरहेको समयमा यो फिल्ममा फरक भूमिकामा देखिएका छन् । फिल्ममा अभिनेता आर्यन सिग्देलको समेत अभिनय छ । नेपाल रिलिजपछि फिल्म अमेरिका, क्यानडा, जापान, कोरिया, मलेसिया, दुबई, कतार, बहराइन, साउदी र ओमनमा रिलिज हुने पक्का भएको छ ।
तपाईको प्रतिक्रिया


