सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधिसभाको बैठक सुरु भएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा मङ्गलबार बिहानबाट बैठक सुरु भएको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांसदहरूले राखेको प्रश्नको जवाफ दिदै हुनुहुन्छ ।
प्रधानमन्त्री ‘प्रचण्ड’ले विभिन्न विषयमा सांसदले सोधेका प्रश्नको जवाफ दिन भएको हो । प्रधानमन्त्रीलाई सोध्ने प्रश्न पहिला नै सांसद्ले टिपाउनु पर्ने प्रावधान रहेको छ ।
यसैगरी, अर्थमन्त्री वर्षमान पुनले ‘भन्सार विधेयक, २०८० माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।
संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार आर्थिक वर्ष २०८१–०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल जारी रहने छ ।


